२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

प्रौढ खेल

लघुकथा

 लक्ष्मी रिजाल

 

– हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?

– किन अनुमति मागेकी प्यारी नातिनी !

– म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले।

– ए । कसले भनेको ?

– कलमले सत्तालाई खबरदारी गर्नेगर्छ। कलम जहिले पनि प्रतिपक्षको कित्तामा उभिन्छ। म सत्तापट्टी हैन कलमपट्टीकी मान्छे हुँ त्यसैले।

–ए । (उहाँ बडबडाउँदै हुनुहुन्थ्यो। मैले बुझिनँ। सायद भन्दै हुनुहुन्थ्यो–   नुन खाने मेरो, गुन गाउने प्रतिपक्षको ?)

– अनुमति लिएपछि त अरूलाई जस्तो मलाई नहकार्नुस् है हजुरबा ?

– ए बाबा ! त्यो दिन रिसाको प्रश्नले हैन । सत्ता नपाएको झोकले हो।

–उसो भा, हजुरको केस सेतो र बोली अबुझ किन भाको ?

– यो सब राजनीति शक्ति र सत्ताले नै हो।

– शक्ति र सत्तामा बल्ल पुग्नुभो । अब के गर्नुहुन्छ ?

– राजनीतिलाई सोझो बाटोमा हिँडाउँछु र देशलाई उँघो जानबाट जोगाई उँभो लग्छु।

– अनि थरीथरीका काण्ड मच्चाएर  जनताको नजरमा घिनाएका र कानुनले दण्डनीय ठानेका मान्छेलाई किन आफ्नो मेरुदण्ड ठान्नुहुन्छ ?

(फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो। शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो।)

– सप्पै कुरा खेल हो । तिमी बुझ्दिनौ नानी । जे बोल्यो त्यही गर्ने  बालखेल हैन । एक थरी  बोलेर अर्को थरी गर्ने प्रौढखेल हो यो।

प्रकाशित: २८ श्रावण २०७८ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App