१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

योगासन

लघुकथा

ऋषि तिवारी

 

सबेरै मर्निङवाक गरेपछि एकफेरो रामदेव बाबाको पतन्जली योगासनको कार्यक्रम टिभीमा हेर्दै आफू पनि त्यसै गरिन्थ्यो।

एक दिन– दुई दिन यसै गर्दागर्दै योगासन सिकियो। आफूले त सिकियो। यो सिकेको योगासन गाउँले दिदीबहिनी तथा दाजुभाइ, काकाबडाबाउ सबैलाई सिकाउने अठोटले बिहानै सबैलाई एकफेरो सूचना दिइयो, “भोलिदेखि यस चौरमा सबैले आआफ्नो घरबाट गुन्द्री तकिया जे छ लिएर आउने, योग गरौं निरोगी रहौं।”

सबैले एकैस्वरमा भने, “हुन्छ हामी पनि योग गर्छौ निरोगी बन्छौं।”

सधैंजसो बिहानै एकफेरो पैदल यात्रामा निस्किएर घर आउँदा सबै जना चौरीमा भेला भैसकेका थिए।  म घर नपसी सिधै चौरीतिर लम्के। आफूले अलिक जानेको शिक्षा छिमेकीहरूले पनि प्राप्त गरे भने निरोगी हुन्छन् भन्ने विश्वास थियो ममा। अब सुरु हुन्छ रामदेव बाबाको योगासनको झझल्को।

म सिकाउने सुरसार कस्दै थिएँ। रामदेव बाबाको त्यो भुँडी हल्लेको टिभीको झझल्कोले मेरो मनमस्तिष्कले नै मलाई पहिलो झट्का दियो। त्यो सम्झेर म मरीमरी हाँसे, हाँसेको हाँस्यै भएँ। सबै जना मेरो हाँसोको फोहोरासंगै त्यो हाँसोको साथ उनीहरूले नि साथ दिए।  अब त्यहाँ हाँसो रुक्न सकेन। सबै हाँसे। कोही हाँस्तैहाँस्तै आफ्नो गुन्द्री लिएर भागे भने कोही अझै केही सिकिन्छ कि भन्दै मेरो हँसाइको हाँसोसंग आफ्नो हाँसोको समर्थनलाई साथ दिइरहे।

एकैछिनपछि हाँसो सम्हालियो, “आज पहिलो दिन थियो। योगासनको हामीले हाँसेर पहिलोखेप शरीरको इन्द्रेनीय मांसपेशी कस्यौ।”  भोलिदेखि सबै आइटम समावेश गर्ने भन्दै सबैलाई त्यो चौरबाट घर जान अनुरोध गरे।

 –विराटनगर –६, ममतामार्ग।

प्रकाशित: २५ श्रावण २०७८ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App