जयनारायण नेपाल
१ )
चाँदीको घेरा
छोपिए हेर
बादल धेर।
२)
धेरै भो छल
स्वार्थको बल
के लाग्थ्यो फल।
३ )
स्वर्गकी खानी
पहाडी रानी
इलाम जानी।
४)
समय गयो
अबेर हुँदा
बर्बाद भयो।
५)
सजाउँ थाली
आशाको दियो
मनमा बाली।
इलाम, हाल – सूर्यविनायक –२, बालकोट ,भक्तपुर।
प्रकाशित: २४ श्रावण २०७८ ०६:०८ आइतबार