१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मृत्यु

कविता

प्रसिद्धिका लम्साल

 

मृत्यु जिन्दगीको सबैभन्दा सत्य हो  

तर पनि पटकपटक यसैले त्रास दिन्छ।  

आज म छु  

भोलि मेरो याद मात्रै रहलान्  

आज मेरो शरीर छ  

भोलि  तस्विरमा मात्रै सजिएला  

 

बांचुन्जेल नाम कमाउने  

मेरो सपनाहरू  

मात्रै सपनामा सीमित हुनेछन्  

म बस्ने छु श्रद्धाञ्जलीका शब्दहरूमा  

मात्रै यादहरू बनेर  

 

छोटो कपडा लगाए बापत त  

चर्चाको विषय बनाउने मलाई  

त्यो दिनदेखिने छ आँखामा आँसु  

 

अनुहार मोडेर हिँड्ने मेरा मित्रहरू

कसो दुःखी नहोलान् र

कक्षामा मलाई कहिले याद नगरेका शिक्षकले

कसो नचिन्लान् मलाई

जबजब  

स्वपहिचानको यात्रा सुरु गर्ने क्रममा  

आफैलाई  गुमाउन पुग्नेछु

 

म नभए पनि  

फूल फुल्छ छाड्दैन, चराहरू कराउन छोड्ने छैनन्

बाटोका आयतनहरू तन्किरहने छन्

मन्द मुस्कान बोकेर बालक तातेताते गर्नेछ

परिवर्तनको नाममा ठुलाठुला भाषण हुन्छन्  

तर परिवर्तन कति होला  

म बेफिक्री निन्द्रामा मग्न हुनेछु

जुन दिन मृत्यु नामक सत्यताले

मलाई अंगाल्ने छ

 

जुन दिन मृत्यु नामक सत्यताले

मलाई अंगाल्ने छ

मैले स्वतन्त्रता पाउने छु

नाम कमाउने छु  

र भविष्य बनाउन जागरूक “म”  

परिणत हुनेछु “भूत” कालमा

हो

मृत्यु सत्य हो

जसले गुमाउँछ उसलाई गाह्रो हो

जसले पाउँछ उसलाई मजाक हो

त्यसैले त गुमाउनु र पाउनुमा फरक छ।

प्रकाशित: २३ श्रावण २०७८ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App