२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शेखरकुमार श्रेष्ठका दुई बालकविता

बालकविता

शेखरकुमार श्रेष्ठ

 

 १) भात खाने बेलामा

 

हेर काग करायो

आमासँग डरायो  

भात खाने बेलामा  

नानी फेरि हरायो।

 

कहिले लुकी खेल्ने  

कहिले भागी हिँड्ने  

भात खाने बेलामा  

आमासँग आउने।

 

आमासँग खाने रे

बुबासँग खाने रे

आफू मात्र होइन  

सबैलाई दिने रे।

 

भोक लाग्यो भन्दैन  

रुन कति जान्दैन  

रोइहाल्यो भने नि  

नफकाई मान्दैन।

 

 २) अ कविता

 

अनार बोकी आमा  

शहरबाट आउनुभो  

इनारबाट जल झिकी

ईश्वर भनी पुज्नुभो

 

उषा दिदी बजारमा  

घुम्नलाई जानु भो  

भाइका लागि भनेर

ऊनी टोपी लिनु भो।

 

ऋषिलाई बाटामा

मैले आज भेटेको

एकतारे बजाई  

सँगैसँगै नाचेको।

 

ऐना हेर्न मन गर्ने  

सानो मेरो भाइ छ

ओठ छोपी हातले  

औषधि नि मिल्काउँछ।

अंशु बैनी घरैमा  

आजकल अः पढ्दै छिन्  

आमातिरै फर्केेर  

‘अ, आ, इ, ई गाउँदै छिन।

प्रकाशित: २३ श्रावण २०७८ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App