पवन आलोक
उनलाइ गाउँमा सबैले सम्मान गर्दथे। समाजमा प्रतिष्ठित थिए। धनसम्पत्ति पनि प्रशस्त थियो। गाउँमा कसैलाई कुनै समस्या पर्यो कि सहयोग गर्न उनी पुगिहाल्थे। पाटीपौवा, धर्मशाला,मठमन्दिर, स्कुल, बाटोघाटो सबैतिर उनले सकेको आर्थिक सहयोग नगरेको कतै थिएन। एक नम्बरका समाजसेवी कहलिएका थिए। उनको यो समाजसेवालाई कदर गर्दै धेरै सम्मान र पुरस्कार पनि पाएका थिए।
भन्ने गर्थे – धन– सम्पत्ति भनेको केही होइन। मरेर कसैले लादैन। जति धर्मकर्म ग¥यो उति पुण्य मिल्छ।
गाउँका गरीबहरूलाई खाँचो पर्दा उनले ऋण पनि दिने गरेका थिए। त्यस्ता ऋणका तमसुकहरूले उनको एउटा बाकस नै भरिन लागेको थियो।
एकदिन बिहानै पल्लो गाउँको मानबहादुर उनको घर आयो र छोरीको विहेका लागि केही रकम ऋण दिन अनुरोध ग¥यो।
– पहिलेकै तिरेका छैनौ। सावाँ – व्याज गरेर पच्चिस हजार भएको रहेछ। त्यो पहिले चुक्ता गर अनि विचार गरौँला।
मानबहादुर छाँगाबाट खसेझै भयो। उसले छक्क पर्दै भन्यो, “हजुर मैले त पोहोर साल दस हजार मात्र लगेको हुँ। कसरी एकै वर्षमा पच्चिस हजार भयो?द मैले केही बुझिन त।”
“लु आफै हेर न त तमसुक। यो तिम्रै सही होइन र ?
“मानबहादुरले हे¥यो – उसको दस्तखत पनि ठिकै हो तर त्योबेला यस्तो कडा व्याज त लेखिएको जस्तो त लागेको थिएन। सामान्य लेखपढ मात्र गर्ने मान्छे। कसरी यत्रो रकम भयो !
“लाने बेलामा लाने, मलाई के भन्छौ तर मेरो सावाँ – व्याज चुक्ता हुनुपर्छ। भाका पनि पुगिसकेको छ। नगद छैन भने अस्ति ब्याएको भैंसी ल्याऊ। त्यसैमा हिसाब मिलाएर विहेका लागि बाँकी रकम छोरीको लैजाउ।
“त्यो चिसो मौसममा पनि मानबहादुरको निधारमा चिटचिट पसीना आयो। छोरीको विहे सम्झियो। कुनै पनि विकल्प देखेन उस्ले। घरमा गएर त्यो दुहुना भैंसी र पाडी ल्याएर समाजसेवी साहुको गोठमा बाँधिदियो।
प्रकाशित: १७ श्रावण २०७८ ०५:३९ आइतबार