१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

मित्थ्यावाद

लघुकथा

डा. विदुर चालिसे

 

अभागीहरूको दुःसाहस थियो। उफ्रन्थे। बजारिन्थे। कराउँथे र अन्तिम घोषणा सुनाउँथे।

–“बाँच्नुभन्दा मर्नु जाती !”

भाग्यमानीहरूमा साहस थियो। रमाउँथे। फुर्किन्थे। हौसिन्थे। खुसी हुन्थे र ओठबाट बेचैनीको राग गाउँथे।

–“मर्नुभन्दा बाँच्नु जाती !”

एकदिन शिष्यहरूको कक्षामा पुगेर दयानन्द सरस्वतीले बहस गरिरहे। गुरु र चेलाहरूको बीचमा जीवन सत्यको चर्काे बहस चलिरहेको थियो। कसै गर्दा पनि जीवनको सार्थक सत्यासत्य सन्जीवनी बनेको थिएन। त्यसैले जीवनको भ्रम र भयका बीच दयानन्द सरस्वतीले उत्तर दिए।

–“मान्छेहरू दुई कुरा कहिल्यै थाहा पाउन सक्दैनन्।”

शिष्यहरूको ध्यान दशा र दयाको जलनका बीचमा बलिरहेको चितातर्फ थियो। उनीहरूले खराखर उत्तर दिए।

–“जन्म र मृत्युबारे मान्छेले पूर्वानुमान गर्नचाहिँ सक्दैनन्, हैन गुरु ?”

–“अहँ हैन, हुँदै हैन !”

–“त्यसो भए सिर्जनाको अर्थ के हो त गुरु ?”

दयानन्द सरस्वतीले शिष्यहरूलाई हात हातै गीताको किताब दिए। उनले यस पुस्तकबाट आउने एकैप्रकारको निष्कर्ष फलबारे उत्तर दिनका लागि शिष्यहरूलाई भने।

–“ल यसको एउटै ठीक उत्तर सबैले मलाई देओ !”

शिष्यहरूले गीता खुब घोके। अक्षर अक्षर अर्थ्याए। पद एवं पदावलीहरूको टिकाहरू लेखे। वाक्यको कथांशहरू कण्ठ गरे। अन्त्यमा सबैले आफ्नो – आफ्नो समझ अनुसारको गीता ज्ञानको उत्तर दयानन्दलाई बुझाए। तब दयानन्द खुब हाँसेर उनले सबैलाई एकै उत्तर दिए।

–“ मित्थ्यावाद !”

शिष्यहरू अलमलिए। उनीहरूले एक स्वरमा गीता–ज्ञानभित्र भएको जीवनको सार सत्य र आफ्नो अज्ञानता बारे सोधे।

–“कसरी गुरु ?”

–“यो हाम्रो अधिनको चोला होइन !

प्रकाशित: १० श्रावण २०७८ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App