२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मात्र तिमी थियौ

कविता

देविस अर्याल

 

म आज कसैलाई नभनेको

कुरा तिमीलाई भन्दै छु  

सायद

तिमीलाई गजब लाग्न सक्छ

कसलाई के थाहा,

जिन्दगीका भित्री पानाहरू  

आफै लेखिन्छ, भरिन्छन् र पोखिन्छन,

मैले मेरा आँखाहरूलाई रुन दिएको छैन,

मुटुलाई भक्कानिन दिएको छैन,

अनुहारलाई मलिन ओठहरूलाई सुक्खा  

हुन दिएको छैन,

यस्तैयस्तै गरेर

राखेका इन्द्रिय र ज्ञानिन्द्रयहरू

वर्षैभरि भरिएर,कोच्चिएर  

बस्दाबस्दै  

बारुद जसरी विस्फोट हुन्छन् कि भन्ने डर लाग्छ?

गल्ल्ती गरे या ठिक गरे थाहा छैन

तर,

भित्रैभित्र जलेर आफू

बाहिर किन ?

केका लागि?  

कसका लागि?

फुल्न खोजे त्यो पनि थाहा छैन  !

भाग्य र विधतालाई नि के दोष दिनु!

जसले जिन्दगी दियो

मैले जिन्दगी जिउन र बुझ्न सकिन

जतिबेला बुझे

त्यतिबेला मसँग केही थिएन  

मात्र तिमी थियौ।

प्रकाशित: ३ श्रावण २०७८ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App