रमेशजङ्ग सिजापति
अब यात्रापथमा फूलैफूल बिछ्याए पनि,
औंसीको रातमा जूनतारा हेर चम्काए पनि।
सकिँदैन गन्तव्य मोड्न भो अब यात्रालाई,
जीवन यात्रा हो सकिँदैन मोडन अबलाई।
जो भयो शुभारम्भ यात्राको तुर्नु छ शिखरमै,
अठोट संकल्प छ यात्राको हाँस्नु छ गौरवमै।
क्षणिक न हो सुखसैलल भन्ने यति बुझ्नुपर्छ,
यात्रामा सफलता पाउन जङ्घार तर्नै पर्छ।
यो यात्रा स्वीकार्य छ मलाई मोड्न सकिँदैन,
जीवन आफूमा निर्भर छ मोडन सकिँदैन।
मलाई यात्रा काँडैमा छ मीठो फूलै त चाहिन्न,
जो गन्तव्य ठिक छ मलाई जूनै त चाहिन्न।
प्रकाशित: ३१ असार २०७८ ०६:२१ बिहीबार