२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

२०८ औं भानु जयन्ती काव्य गोष्ठी सम्पन्न

रचनाका मुनाहरू साहित्य मञ्जरी समूह परिवारले २०८ औं  भानु जयन्तीको अवसरमा आयोजना गरेको भर्चुअल (गुगल मीट) भानु काव्य गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। उक्त काव्य गोष्ठीमा झण्डै  तीन दर्जन स्रस्टाले भानुसम्बन्धी सिर्जना र रामायणको विभिन्न काण्डबाट श्लोकहरु वाचन गरेका थिए। तीन घण्टासम्म चलेको उक्त कार्यक्रमको प्रमुख आथित्य डा. बमबहादुर जिताली रहेका थिए।

संस्थाका संस्थापक तारा विष्ट छन्दार्पण , अध्यक्ष बालकुमार क्षेत्री , कोषाध्यक्ष निर्मला अर्याल र  उपाध्यक्ष आरती विष्ट आरोहीले पालैपालो कार्यक्रम सञ्चालन गरेका थिए।

सो गरिमामय काव्य गोष्ठीको सभापतित्व संस्थाकी महासचिव कल्पना भट्टराईले गरेकी थिइन्। संस्थाका वरिष्ठ सल्लाहकार, तथा रचनाका मुनाहरू साहित्य पाठशालाका प्रशिक्षक कविवर  विदुर अदिकारीले सम्पूर्ण  सर्जकद्वारा वाचन गरिएका  सिर्जनाहरूको अलौकिक  काव्यिक समीक्षा गरेका थिए।

गोष्ठीमा उपस्थित कवि तथा सर्जकज्यूहरू– डा. बमबहादुर जिताली, गायत्री चापागाईं, नवराज बराल, चन्द्रमणि अधिकारी,युवराज भट्टराई  शिव त्रिपाठी, होमनाथ घिमिरे,मुक्ति  पोखरेल, छविलाल आचार्य,रामचन्द्र शर्मा,राम प्रसाद उर्फ सिकारु राम,मेघनाथ खनाल वन्धु,एलपि खनाल, प्रकाश पाण्डे, मोहन गौतम, हर्कमती जोशी,द्वारिका रिजाल, अमर शाही, माया उपाध्याय, दुर्गा थापा मगर,कुमार थापा उमेश (गौरी गाउँले),,शान्ति सिग्देल, कविता नेपाल, सुमित्रा सुमी आदि सर्जकको भव्य अनि सभ्य  उपस्थिति रहेको थियो।

प्रकाशित: ३० असार २०७८ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App