ममता मृदुल
आजको कार्यक्रम बहिष्कार गर्नुपर्छ ।यो कार्यक्रममा हाम्रो रायसल्लाह नगरी विपक्षीलाई हिरो बनाइएको छ । हामी चुप लाग्नु हुँदैन।
सौरभको छेउमा बसेको सात वर्षको छोराले यी सबै कुरा सुनिरहेको छ । फोन राखेपछि सौरभसँग सोध्यो – बाबा बहिष्कार गर्दा के हुन्छ ?
मन नपरेको कामको विरोध गर्नुलाई बहिष्कार गर्नु भनिन्छ। बहिष्कार गर्नु भनेको विरोध हो। यस्तो काम साना मान्छेसँग गरिँदैन।
– ए ल मैले बुझे, छोराले भन्यो।
छोरा खेल्न थाल्यो।
सधैँ बिहान सात बजे उठेर पढ़ने छोरा आज आठ बजिसक्यो सुतिरहेको छ ।
सौरभले छोरालाई बोलाएर भने – आज स्कुल जानु पर्दैन ! यसबेलासम्म सुत्ने हो !
सात वर्षको छोराले सजिलै उत्तर दियो – बाबा हाम्रो स्कुलको प्रिन्सिपल आफूलाई हिरो ठान्छ। त्यसैले मैले साथीहरूलाई बहिष्कार गरौँ भने । आज स्कुल नगएर हामीले प्रिन्सिपललाई बहिष्कार गरेका छौँ ।
उसको जवाफ सौरभको लागि चुनौती थियो।
प्रकाशित: २० असार २०७८ ०४:०७ आइतबार