२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

खाऊ, खाऊ खाऊ !

कविता

एल.के. सुन्दर  

 

खाऊ  ,

जिउँदा पितृ हो खाऊ  

जति सक्छौ खाऊ

जनताको गाँस खोसेर खाऊ

राष्ट्रको ढुकुटी लुटेर खाऊ।

 

खाऊ

करमाथि कर थोपरेर खाऊ

समृद्धिको नारालाई पिसेर खाऊ

ठुलाबडाको कर छुत दिएर खाऊ

दुई तिहाईको दम्भ देखाएर खाऊ।

 

खाऊ,

कोरोना भाइरसको भजन गाउँदै खाऊ  

मेडिकल सामान आयातको नाममा खाऊ

निरीक्षण र सिफारिसको बहानामा खाऊ

अनुगमन गरी चोख्याएको निहुँमा खाऊ।

 

खाऊ,

राहात व्यवस्थापनको आडमा खाऊ  

राहत वितरणको भत्ताको नाममा खाऊ

राहतकोष कट्टीको आदेश गएकोमा खाऊ

राहतकोष खडा गरेको खुसीमा खाऊ ।

 

खाऊ,

भ्रमणको भत्ता भनेर खाऊ

विदेश सयर गरेर खाऊ

पाहुना लगाएर खाऊ

पाहुनाको बिल देखाएर खाऊ।

 

खाऊ,

मुख मिठ्याईमिठ्याई खाऊ

गरीवीलाई गिज्याईगिज्याई खाऊ

भोकानांगालाई देखाईदेखाई खाऊ

दानवीरको नाम पिटाईपिटाई खाऊ।

 

खाऊ,

बाउको पिण्ड सम्झेर खाऊ

आमाको पेवाको धाक देखाएर खाऊ

श्रीमतीको दाइजोको खोल ओढेर खाऊ

आफ्नै सालीको नाठो बनेर खाऊ।

 

खाऊ,

बेला यहीं हो त्यसैले निर्धक्क भएर खाऊ

छाती फुलाई मन फुकाएर खाऊ

ढ्याउ आउने गरी घाँटी तन्काएर खाऊ

चुनावमा गरेको खर्च उठाएको सम्झेर खाऊ।

 

खाऊ,

खाँदाखाँदै आफ्नै पखालामा दुब्ने गरी खाऊ

खाएको सुरमा नालीमा घोप्टिने गरी खाऊ

शौचालयको बिल मिलाएर खाऊ

न्यायालयको आदेश भजाएर खाऊ।      

प्रकाशित: १३ जेष्ठ २०७८ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App