२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बाँझो बारी

लघुकथा

दिपेन्द्र श्रेष्ठ

 

राजन गाउँकै एक भद्र र भलाद्मी किसान थियो। ऊ गाउँमै जन्मेहुर्के। गाउँमा पनि जग्गाजमीन ठिकठिकै भएका उनलाई वर्षभरि खानका लागि त्यति गाह्रो थिएन। तर तेल, मसला र लत्ताकपडाका लागि केही न केही काम गर्नै पथ्र्याे। पहिलेपहिले त्यो पनि घरबाटै जोहो हुन्थ्यो। घरमा श्रीमती पौरखी थिइन् वर्षमा दस – बाह्रवटा त खसीबोका नै बेच्थिन्। जब श्रीमती पत्थरीले थलिइन् अनि उपचारका लागि शहर पसेका राजन गाउँ फर्केनन्।

अब उनकी श्रीमतीले पहिलेजस्तो काम गर्न सकिनन् । दुई जना लालाबाला पनि शहरकै सरकारी स्कुलमा ठेल्दिए। उनले एक निजी स्कुलमा  स्कुलको भ्यान चलाउन थाले। परिवार जेनतेन शहरको वातावरणमा हुर्कदै थियो।  २०७२ सालको भूकम्पले गाउँको दुई तलेघर भत्कियो । राहतस्वरूप एक कोठे बन्यो। शहरमा पनि बल्लबल्ल बाँचियो। गाउँमा भए त न मरिन्थ्यो पनि घरको जगै रहेन। शहरमा धन्न बलियो ढलान घर परेछ र बाँचियो। भूकम्पको घाउ सेलाउँदै जेनतेन जिन्दगी चल्दै थियो। सानातिना रोगहरू बर्डफ्लु, डेंगु, रुबेला आउँदै हराउँदै गए। २०७६ को अन्त्यतिर ठुलो महामारी (कोभिड १९ नामक) चीनको वुहान राज्यमा फैलिए। यो रोग चाइनाको वुहान हुँदै विश्वका धेरै देशहरूमा फैलिए र नेपालमा पनि भित्रिए। 

उसै त साधारण जिन्दगी सरकारले लकडाउन भन्दै महामारीबाट जोगिन र जोगाउन सबै नाका र बजार बन्द गरे। हुनेले पसलै सबै किनुलाझैं गरेर ७ – ८ महिनालाई पुग्ने ओसारे भने नहुनेले १५  – २० दिन एक महिनालाई पुग्ने ओसारे। राजनले पनि एक महिनालाई पुग्ने गरी ओसारे। सरकारको लकडाउन खुल्ने छाँटकाँट भएन झन्–झन् थपिँदै गयो।

स्कुलबाट राजनलाई फोन आयो महामारी फैलिँदै गएकाले लकडाउन खुल्ने र स्कुल हतपती खुल्ने ठेगान नभएकाले तपाईंलाई हामी यो अवस्थामा राखिराख्न सकेनौ । पछि स्कुल खुलेपछि फेरि सम्पर्क गरेर स्वतः भर्ना गर्छाै। भनेपछि राजन निरासिएर सोच्न थाले। गाउँ जाउँ त भएको जग्गाजमिन दशौ वर्ष भैसके । बाँझो बसेको नजाऔं त शहरमा भोकै मरिएला भन्ने चिन्ता।

यस्तैयस्तैमा केही दिन बित्यो। गाउँबाट फोन आयो। पालिका अध्यक्षको रहेछ। खानबस्न कठिनाइ भए निःशुल्क रूपमा लैजाने कुरा रहेछ। यसो विचार गरेर हुन्छ भने यहाँ यतिकै बसेर भोकमरी खेप्नुभन्दा त गएर बाँझो बारी नै खने पनि ५ –६ महिनामा यताउति गरेर भए पनि काम चलाइन्छ भनेर स्थान बताएँ।  लिन आए। सबैपरिवार गाउँ गयौं र  एक कोठे घरसँगै बाँझो बारी खन्नतिर लागियो। अब ज्यान रहुन्जेल शहर फिरिन्न।                     

प्रकाशित: ६ जेष्ठ २०७८ ०९:३४ बिहीबार

अक्षर