२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सबै भ्रम हुन् वास्तविक गन्तव्य घाट नै हो

मुक्तक

रुद्र अधिकारी

 

        १) मुक्तक

हुने  त्यही  हो  देवीदेवतासँग जे मागे पनि,

पुग्ने  त  मृत्युको मुखमा हो जति भागे पनि।

सबै भ्रम हुन् वास्तविक गन्तव्य घाट नै हो,

उद्देश्य  जे  लिएर जति भँगाला नागे पनि।

        २) मुक्तक

धोका खाए नि बदला लिनु थिएन जिन्दगीमा,

प्रेमले  गर्दा  यस्तो  गर्न  सकिएन जिन्दगीमा।

समयले   नसिकाएको    हैन    बदलिनलाई,

तर  आदर्शले  लागु  गर्न  दिएन  जिन्दगीमा।

          ३) मुक्तक

बाटो असजिलो  देख्नेबित्तिकै पाइला मोड्छन्,

आफू चोखो बन्नलाई आकाशपाताल जोड्छन्।

असजिलो   समय   कहिल्यै   बिर्सन   सकिन्न,

किनकि मान्छेले साथ यस्तै समयमा छोड्छन्।

         ४) मुक्तक

जिन्दगीले धेरैको नाडी छामेर आयो,

नाता  भन्नु स्वार्थ हो भन्ने बुझेर आयो।

टाढा जानेहरू धेरै देख्यो जिन्दगीले,

कोरोना  त मात्र  बहाना बनेर आयो।

प्रकाशित: २ जेष्ठ २०७८ ११:२७ आइतबार

अक्षर