१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोनाको बढ्दो महामारीमा हाम्रो दायित्व

मोहन निरौला

 

भारतमा आएको कोरोनाको दोस्रो लहरसँगै खुला तथा खुकुलो आवतजावत प्रणाली भएको नेपालमा पनि संक्रमण अत्याधिक बढेको छ । संसारभर देखिएका अलगअलग  प्रकारसँगै यो पटकको संक्रमण छिटो र ज्यादै असर गर्ने किसिमको भएकाले संक्रमणको गति पनि तीव्र र अझ घातक छ भन्ने समाचारहरू आइरहेका छन् ।

विगत वर्षदेखि नै संक्रमण बढिरहेको सन्दर्भमा यसका लक्षण र रोकथामका उपायबारे हामी धेरैजसो धेरै जानकार छौ र  हाम्रा स्वास्थ्यकर्मीहरूमा पनि एक किसिमको अनुभव र उपचारका विभिन्न विधि तथा औषधिको प्रयोग र प्रभावकारिता सम्बन्धमा धेरै छलफल विचार आदानप्रदान र प्रयोग भएका छन् र सोहीअनुरूप उपचार भइरहेको विश्वास गर्नुपर्दछ र प्रस्तुत लेख उपचार विधि मा केन्द्रित नभई व्यवस्थापकीय पक्षमा मात्र केन्द्रित रहनेछ।

क. जिम्मेवारी –हामी सबैको  

यो संक्रमण अत्यन्त खतरनाक र घातक सावित भइसकेको छ र यसको व्यवस्थापनको जिम्मेवारी राज्य कुनै पक्ष वा विपक्षमा मात्र सीमित छैन । यसमा राज्यसंयन्त्र जसमा कर्मचारी सुरक्षाकर्मी स्वास्थ्य र  लगायत सम्पूर्ण कर्मचारीहरूको पर्छन् । त्यसैले त्यसैगरी विभिन्न राजनीतिक दल, तिनका भातृ संगठन र कार्यकर्ता तथा सत्यता नागरिक समाज र गाउँगाउँ र टोल टोल सो विषयहरू पनि  निमित्त उत्तिकै जिम्मेवारी भएर काम गर्नु जरुरी छ । 

यो संकटको बेलामा राजनीतिक दलहरूले तथा पेटका नेतृत्वले आफ्नो व्यक्तिगत वा दलीय राजनीति लाभ हामी र स्वार्थको पछि लाग्ने बेला छैन । सत्ताको खेल भइरहेको वर्तमान सन्दर्भमा सत्तापक्षमा आक्रमण गर्दा स्वभावत उसले पनि आफ्नो प्रतिरक्षा गर्न थाल्दछ र समग्र राज्यको ध्यान महामारीमा जनताको जीवन बचाउने प्रमुख कार्यबाट विमुख हुन पुग्छ । यो सबै कुरा छोडेर जनताको ज्यान बचाउने बेला हो र सबै पक्षले एकै ठाउँ उभिएर विपत्तिको सामना गर्न सहयोगी र समन्वयकारी भूमिकामा उभिनु जरुरी छ। हाम्रो सन्दर्भमा सत्ता पक्ष र विपक्ष अहिलेको सत्ताको खिचातानीमा लागेको पटक्कै सुहाएको छैन र सत्तापक्ष वा अर्को पक्ष अर्को पक्षतिर औंला ठड्याएर दोषी  देखाउने वा जिम्मेवारी पन्छाउनु अत्यन्त जनपक्षिय या राजनीति होइन। यो समयमा सबैको ध्यान जनताको जीवन  बचाउन लगाउनुहोस्। राज्यपक्ष सरकारद्वार राज्य प्रणालीलाई दोषी देखाएर कसैको दायित्व पूरा हुँदैन । राजनीतिक दल मात्र होइन हामी हरेक देशवासीले आफ्नो जिम्मेवारी वन गर्नुपर्दछ।

  ख) उपचार पहिलो प्राथमिकता

संक्रमणको दर दिनानुदिन र उच्च गतिमा बढिरहेको संक्रमितको उचित व्यावस्थापन अब उपचार पहिलो प्राथमिकतामा हुनु पर्दछ र राज्यले यसो स्पेसको निमित्त कुनै पनि कमी देखाउनु हुँदैन नदेखाओस् । यदि अस्पतालहरूमा बेडको अभाव हुन्छ भने देशका सबै उचित सार्वजनिक भवनहरूलाई आकस्मिक र अस्थायी उपचार केन्द्रको रूपमा प्रयोग गर्न सक्दछ । यसरी स्थान छनोट गर्दा खुला पार्टीको प्रशस्त सुविधा भएको सकेसम्म अन्य अस्पतालको नजिक र आवागमनको सहजता भएको भवनहरूको छनोट गरियोस् ताकि यसको व्यवस्थापन गर्न सजिलो होस्।

अस्पतालमा बेडको अभाव अक्सिजनको अभाव, सिलिन्डर र आपूर्तिको कमी,    भेन्टिलेटरको अभाव र विभिन्न औषधिहरूको अभाव भएका समाचारहरू पनि आएका छन् । यसैगरी पहुँच र पैसा हुनेले मात्र बेड अक्सिजन र  भेन्टिलेटर पाएको, निजी अस्पतालहरूले मनोमानी शुल्क लिएको  र पैसाको अभावमा भर्ना नलिएका समाचारहरू आएका छन् । यदि यी समाचारहरू साँच्चिकै सत्य हुन् भने पैसा छैन भनेर उपचार नगराउने निजी अस्पतालहरूलाई देशमा व्यवसाय गर्ने नैतिक आधार पनि छैन । राज्यले यसको उचित छानबिन गरोस् र हदैसम्म कारवाई पनि गरोस् ।अस्पतालको पहिलो दायित्व बिरामीको उपचार र जीवनरक्षा हो त्यसमाथि महामारी र संकटकाल सरहको वर्तमान सन्दर्भमा राज्यले अत्यावश्यक सेवाअन्तर्गत राखेर निजी अस्पतालहरूलाई नियन्त्रणमा लिन र जनताको जीउधनको रक्षा गर्ने प्रयोजनमा प्रयोग गर्न हिचकिचाउनु हुँदैन ।

त्यसैगरी यस महामारीमा आवश्यक पर्ने र देशभित्र उत्पादन हुने स्वास्थ्य सामग्री, औषधि, अक्सिजन, सिलिन्डर,  ज्वरो नाप्ने यन्त्र,  अक्सिमिटर जस्ता सामग्री उत्पादनमा  सहज हुने गरी नीतिमा परिवर्तन होस् र उत्पादकहरूलाई निर्देशित र नियमन पनि गरोस् ताकि उत्पादन सामग्रीको दुरुपयोग नहोस् साथै यो व्यवस्थाले यस्ता अत्यावश्यक सामग्री उत्पादकहरूलाई आफूलाई आवश्यक पर्ने बच्चा पदार्थ आयात गर्नुपर्ने अवस्थामा पनि सहज होस्।

त्यसैगरी  देशमा उत्पादन नहुने सामग्रीको हकमा कुन–कुन देशमा उत्पादन हुन्छ उक्त देशमा रहेका हाम्रा कूटनीतिक नियोग  तथा राजदूतावासहरू मार्फत उच्च तहमा र  सघन सम्पर्क गर्न समन्वय गर्न र छोटो प्रक्रियाबाट खरिद र ढुवानीको प्रबन्ध मिलाउन उचित निर्देशन होस् । यस सन्दर्भमा विदेशमा रहेका नियोग दूतावासहरूको जिम्मेवारी र प्रगति विवरणको पनि समीक्षा होस्। तर, अधिकार सीमित नगरियोस्। यसरी हुने खरिद तथा ढुवानीको प्रक्रियामा सरलीकरण ल्याउनुपर्ने जरुरी हुन सक्दछ।

– रोकथामका उपायहरू

यो सरुवा रोग भएको हुनाले यसको रोकथामको निमित्त खासगरी संक्रमित व्यक्तिहरूबाट नै सक्ने भएकाले संक्रमितको उचित व्यवस्थापन हवाई तथा जमिनबाट हुने आवागमन व्यवस्थापन व्यक्तिगत स्वास्थ्य तथा सरसफाइमा ध्यान दिने कार्यका लागि जनचेतना बढाउने  र सकेसम्म चाँडै र धेरै मानिससम्म खोपको पहुँच पुरयाउनु आवश्यक छ।

– संक्रमितको उचित व्यवस्थापन

संक्रमण फैलन नदिन र यसको साङ्लो तोड्न सूचनाको राम्रो प्रभाव गरेर संक्रमण यकिन भइसकेका मानिसहरूलाई अरू घरपरिवार र अन्य समुदायमा घुलमिल नहुने नहुन  सचेत गराउन सकेमा   संक्रमितबाट धेरैमा संक्रमण फैलिन नदिन सकिन्छ। यसको निमित्त बजार समुदाय परिवारमा हुने  जमघट, भेला  तथा भीडभाड  कम गर्नुपर्दछ। यसको निमित्त राज्यले भनेर मात्र पुग्दैन हामी आफै पनि अत्यावश्यक अवस्थामा  बाहेक हिँड्डुल नगर्ने पसल तथा बजार नजाने जमघट नगर्ने र आफ्नो स्वास्थ र सफाइको ध्यान दिने र मास्कको अनिवार्य प्रयोग गर्ने र दूरी कायम गर्ने जस्ता काममा घर तथा टोलमा नमुना बन्न सक्नुपर्दछ। त्यसैगरी राज्य भन्नाले देशको स्थानीय तहसम्म बोल्दछ । पहिचानमा  आएका संक्रमितहरूलाई उचित व्यवस्थापन आवश्यक सरसल्लाह डाक्टर तथा सत्य विज्ञको सल्लाह र औषधि उपचारमा सहयोग र नियमन गर्नुपर्दछ।यसो गर्न सकेमा सामान्य किसिमका संक्रमित व्यक्तिहरू अस्पतालसम्म जानु नपरोस् र अस्पतालमा  बिरामीहरूको चाप नबढोस् र भीडबाट पनि नहोस्।

– आवागमन व्यवस्थापन र नियन्त्रण

आवागमन, जमघट, भेटघाट, यात्रा, भेला जस्ता कार्य गर्दा जानेर वा नजानेर संक्रमण बिचको सम्पर्कमा पुगिने र एकबाट  दुई, तीन, चार वा धेरै (समाचारमा एकबाट  ९२ जना सम्ममा  संक्रमण सरेको तथ्य खुलेको थियो) मा संक्रमण हुने सम्भावना धेरै रहने हुनाले हामी आफै पनि आवतजाउन नगरौं र यात्रा गर्नै परेमा सुरक्षाका सम्पूर्ण उपाय अपनाएर मात्र र सीमित मात्र यात्रा गरौं।

राज्यले आवतजावतको उचित व्यवस्थापन र नियन्त्रण वा निर्धारण गर्दा मानवीय वा व्यावहारिक पक्ष यकिन गरेर मात्र नियन्त्रण वा नियमन गरोस् । यसको निमित्त आन्तरिक उडान गर्दा उड्नुअघि संक्रमण नभएको प्रमाण अनिवार्य  पेश गर्नुपर्ने व्यवस्था गरोस् र गन्तव्यमा पुगेर पनि अवस्था अनुसार केही दिनसम्म आफ्नो आधिकारिक प्रतिनिधि वा स्थानीय तहका अधिकारी प्रतिनिधिको रोहबरमा क्वारेन्टिनमा बस्ने र परीक्षणपछि मात्र घर र परिवारको सम्पर्कमा जाने व्यवस्था गरौ । कतिपय अवस्थामा एक व्यक्ति हेलचेक्य्राइँ वा असावधानीबाट पूरै घरपरिवार  र टोलछिमेक संक्रमित भएका घटनाहरू प्रशस्त छन् । यसको निमित्त राज्यको अथवा स्थानीय निकायको नियमन तथा हामी व्यक्ति स्वयं आत्म अनुशासन उत्तिकै महत्वपूर्ण छ।

अन्तर्राष्ट्रिय उडानहरूबाट आउने यात्रुहरूको सन्दर्भमा यात्रालाई पूरै ठप्प गर्नुको सट्टा राज्यले व्यवस्थापन गर्न सक्ने क्षमताभित्र सीमित राखेर सबै अन्तर्राष्ट्रिय उडान बन्द नगरी निश्चित संख्यामा उडान कायम राख्नु व्यवहारिक हुन्छ। अत्यन्त जरुरी आवतजावत कायम राख्न सके विभिन्न व्यक्ति तथा पारिवारको अति जरुरी कामको निमित्त हुने यात्रा प्रभावित हुँदैन । साथै अन्तर्राष्ट्रिय उडान गर्न सबै हवाई अड्डाहरूले कोरोना संक्रमण नभएको प्रमाणपत्र अनिवार्य गरेका हुनाले पनि तुलनात्मक रूपमा यसरी आउने यात्रुहरूबाट संक्रमणको सम्भावना न्यून छ। त्यसैगरी देशबाट बाहिर जान चाहने यात्रुहरूलाई संक्रमण नभएको प्रमाणका आधारमा विदेश जान सक्ने व्यवस्था खुला राखौं। यति गर्नसके विभिन्न कामले नेपाल आएका अथवा अत्यन्त जरुरी कामले विदेश यात्रा गर्नुपर्ने यात्रुहरूलाई सहज होस् । यसो गर्नाले देशको अर्थतन्त्र पनि केही हदसम्म गतिशीलता  कायम रहिरहन मद्दत गर्दछ।

– सीमा नाकाको व्यवस्थापन

भारतमा संक्रमण दर अति उच्च रहेको र दुवैतर्फका नागरिकहरू खुला सिमानाको कारण विभिन्न कामको निमित्त आवतजावत गर्न शहर भएकाले र यसरी हुने आवतजावत खासै परीक्षणको व्यवस्था नभएको हुँदा यसरी आउनेजाने व्यक्तिहरूमध्ये कोको संक्रमित छन् भन्ने कुरा थाह हुँदैन। सामान्य ज्वरो नापेको अथवा सोधपुछ गरेको भरमा मात्र प्रवेश गर्न दिनाले पनि संक्रमित पहिचान हुन सक्दैन र यस्ता यात्रुहरूबाट संक्रमण आउन र सर्नसक्ने धेरै सम्भावना हुन्छ।

आफ्नो देशमा आउन चाहने नागरिकले देशभित्र आउन पाउनुपर्छ। तर, यसको उचित व्यवस्थापन सबै स्थानीय निकायहरूलाई परिचालन गरेर नाकाहरूमा राम्रो को व्यवस्था गर्नुपर्दछ । यसको निमित्त उचित आवास, खानपिन, सरसफाइ, आवश्यकताअनुसार परिक्षण र औषधि उपचारको व्यवस्था गर्नु पर्दछ र क्वारेन्टिन अवधि पूरा भइसकेपछि सम्बन्धित व्यक्तिलाई उसको घरसम्म पुर्याउन सार्वजनिक यातायातको प्रबन्ध गर्नुपर्दछ। यसको निमित्त सबै सार्वजनिक भवनहरूलाई आवासका रूपमा प्रयोगमा ल्याउन सकिन्छ साथै यस्तो आपतकालीन परिस्थितिमा लागत मूल्यमा सार्वजनिक यात्रा गराउने र सोको खर्च सम्बन्धित व्यक्तिबाट भुक्तान गराउने व्यवस्था मिलाउन सकिन्छ।

यी सबै कामहरू राज्य र प्रशासनबाट मात्र सम्भव छैन। यसको निमित्त सरकार, सबै राजनीतिक दलहरू, पक्षप्रतिपक्ष, तिनका भातृ संगठनहरू र कार्यकर्ता खास गरी स्थानीय निकाय र स्वयं हामी नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। खासगरी यसरी सीमामा उने मानिसहरूलाई उनीहरूको मा बस्ने अवधि अथवा परीक्षण अवधि पूरा भैसकेपछि आफ्नो घरसम्म पुर्याउने जिम्मेवारी उक्त व्यक्तिको स्थानीय निकायले लिनु जरुरी  र व्यावहारिक पनि छ। विगतमा पनि राज्यले सीमाको व्यवस्थापन गर्न प्रयास गरेको थियो तर प्रवेश गर्न चाहनेको संख्या अत्याधिक भएकाले उचित व्यवस्थापन हुन नसकेका कुराहरू आए।  यसरी सीमामा आउने संख्या अत्याधिक छ र हुनसक्छ। तर, सबै मिलेमा यसको व्यवस्थापन गर्न असम्भव भने छैन। हामी सबै एकजुट भएर लाग्ने हो भने सीमाबाट प्रवेश गरेदेखि घरमा प्रवेश  नगरेसम्म राम्ररी  निगरानी गरेर पुर्याउन सकिन्छ।

– खाद्यान्न र आपूर्ति व्यवस्था

हाम्रो आपूर्ति व्यवस्था भारतमा निर्भर छ। भारत आफै संक्रमणले समस्याग्रस्त भएको वर्तमान अवस्थामा त्यो आपूर्ति असहज हुन सक्दछ। त्यसैगरी  अनिष्ट चित्ता होला–नपाइएला भन्ने डरले आवश्यकताभन्दा बढी भण्डारण गर्ने सामान्य मनोविज्ञानले पनि बजारमा अभाव उत्पन्न हुनसक्छ। त्यसमाथि मौकाको फाइदा उठाउन धेरै नाफा कमाउन खोज्ने कालाबजारी पनि उत्तिकै छन्। तर, हामी सबै सचेत भयौं आफ्नो आवश्यकता भन्दा धेरै संचय गरेनौ। आफूसँग भएका  अत्यावश्यक पर्ने व्यक्ति वा परिवारमा वितरण गर्न सक्यौँ र आफ्नो वा वरपर कसैले लुकाएको धेरै मूल्यमा बेच्न खोजेको शंका भएमा सम्बन्धित निकायलाई सूचना दियो भने यस्ता धेरै कुरा नियन्त्रणमा आउँछन् । को भूकम्प मा होस् वा  समयमा होस् हामीमध्ये धेरैले आफूसँग भएको खाद्यान्न तथा साधन वा आफै खटिएर मानवीयताको नमुना दिइसकेका छौँ र अझै पनि विभिन्न परोपकारी दाताहरू   सहयोगको निमित्त अगाडि शरीर नै रहनु भएको छ । ले बजार व्यवस्थापन यातायात ठप्प भएपछि धेरै परिवारमा खाद्यान्नको अभाव हुन सक्दछ।  हाम्रा सबै स्थानीय निकाय अधिकारसम्पन्न र सक्षम छन् र स्थानीय तहमा नै घरपरिवारको आवश्यकता पहिचान गरी खाद्यान्न आपूर्ति गर्न छ भने उचित व्यवस्था गर्न सकिन्छ। अन्यथा स्थानीय निकायले विगतमा भन्दा धेरै गुणा अतिरिक्त शुल्क कर लिएको औचित्य पनि पुष्टि हुन सक्दैन।

त्यसैगरी गत वर्ष कोमा समयमा स्थानीय तह लगायतमा लागतभन्दा बढी मूल्य देखाएर ठूलो रकमको दुरूपयोग वा भ्रष्टाचार भएका कुराहरू पनि आए।  सबै तहका प्रतिनिधिहरू साथै जनप्रतिनिधि हुन् भने यस्ता क्रियाकलापलाई पारदर्शी बनाउन सकिन्छ र हरेक माथिल्लो निकायले यसरी आएका समाचार वा उजुरीहरूमा सक्रियता र नियमित छानबिन पनि गर्नुपर्दछ।

– दिगो रोकथाम र खोपको व्यवस्था

यस किसिमका सरुवा रोगबाट बच्न हामीले आफ्नो स्वास्थ्य तथा सरसफाइमा ध्यान दिनु जरुरी छ नै। त्यसबाहेक पनि योको विरुद्धमा खोपको विकास भैसकेको छ र हामीले पनि विभिन्न समयमा केही मात्रामा खोपहरू आयात गरेर केही सीमित व्यक्तिहरूले खोप लगाइसकेका छौं।  हामी सबैले स्वास्थ्यविज्ञहरू अथवा स्वास्थ्य मन्त्रालयले समयसमयमा सम्प्रेषण गरेका सूचना र नीतिलाई अवलम्बन गर्नु अति जरुरी छ।

यो महामारीबाट बच्न विभिन्न देशले आफ्ना विभिन्न अनुसन्धान इकाईहरू मार्फत विकास गरेका खोपहरू आफ्ना नागरिकहरूलाई  प्राथमिकतामा राखेर दिन थालिसकेका छन् । संयुक्त राष्ट्रसंघको ÷ विकासोन्मुख देशलाई खोज सहयोगी लष् कार्यक्रम अन्तर्गत सहयोगको रूपमा खोप आउन सक्दछ त । त्यसको निमित्त प्रशस्त समय लाग्ने पक्का छ।  तसर्थ खोपको खरिद वा अन्य दाताको सहयोगको खरिद गर्नुको विकल्प हाललाई छैन।

खोप उत्पादक कम्पनीहरूले राज्य प्रशासनको अनुमति नलिई निकासी गर्न नपाउने व्यवस्था सम्बन्धित देशहरूले गरेका छन् । तसर्थ स्वास्थ्य र सरसफाइसम्बन्धी चेतनामुलक कार्यक्रमलाई नियमित राख्दै धेरैभन्दा धेरै नागरिकलाई र छिटोभन्दा छिटो खोप दिने व्यवस्थापन गर्न खोज उत्पादक राष्ट्र र खोप उत्पादक  कम्पनीहरूसँग नियमित र सघन सम्पर्क र वार्ता बढाउन जरुरी छ।

यसरी खोप खरिद गर्दा खोपको प्रभावकारिता, उपलब्धता, मूल्य, ढुवानी तथा भण्डारणमा सहज (कुनै खोप जस्तै  भण्डारण त्यति सहज नहुन सक्दछ)  र आपूर्ति व्यवस्था (उचित समयमा दोस्रो खोप दिन उपलब्ध गर्न सकिने) जस्ता कुरामा ध्यान दिइयोस् । यस सन्दर्भमा हाल विश्व स्वास्थ्य संगठन तथा अमेरिकी खाद्यान्न तथा औषधि नियमन निकाय  चिने आपतकालीन प्रयोगमा अनुमति  दिइएको जोनसन एन्ड जोनसन कम्पनीबाट उत्पादित खोप जो एकपटक लगाए पुग्छ र भण्डारण तथा ढुवानीमा (दुई देखि आठ तापक्रममा राखे पुग्ने भएकाले पनि हाम्रो लागि) सहज हुन सक्दछ।

  जेनसन एन्ड जोनसनको सन्दर्भमा यो पनि ख्याल राख्नुपर्छ कि यो भ्याक्सिन लगाएका करिब ६० देखि ७० लाख मानिसमध्ये ६ जनामा दिमागमा रगत जम्नेको समस्या आएको थियो र यो खोप लगाउन केही दिन स्थगन गरे पनि यसको लाभ लाई मध्यनजर राखेर पुनः सुरु गरियो ।  हुन त एस्ट्राजेनसियामा पनि यो समस्या देखिएर यो रोग युरोपका  केही देशले यो खोप लगाउन रोकेर पछि फेरि सुरु गरेका हुन्।  

 त्यसैगरी विश्व स्वास्थ्य संगठनले मे ७ बाट चीनमा उत्पादित सिनोफाम खोपलाई पनि अस्थायी प्रयोगको अनुमति दिएको छ । हालसम्म फिजर, मोर्डना, जोनसन एन्ड जोनसन, एस्ट्राजन र सिनोफामले मात्र विश्व स्वास्थ्य संगठनबाट अस्थायी प्रयोगको अनुमति  पाएका छन्। 

   निचोड

समग्रमा अहिलेको परिस्थितिमा सबैको तत्कालीन प्राथमिकता  

– बिरामीको छिटो र प्रभावकारी उपचार  

– संक्रमणको चक्र तोड्ने र समुदायमा संक्रमण फैलिन नदिने वा कम गर्ने  

– संक्रमित र यात्रुको उचित व्यवस्थापन गर्ने  

– आपतमा परेका व्यक्ति वा परिवारलाई आवश्यक सहयोग गर्ने  

– जनचेतना र व्यक्ति स्वयंको स्वास्थ्य र सरसफाइ 

  सबै क्षेत्र र तहमा सबै तहबाट अनुगमन  

–आवश्यक उपचार सामग्रीको उत्पादन आपूर्ति तथा  

– विदेशबाट खरिद तथा आयतको प्रबन्धमा सरकारको तर सहजीकरण तथा कुकको प्रबन्ध गरेर सकेसम्म छिटो र धेरैलाई खोपमा पहुँच पुर्याउनु नै हुनेछ ।

खोपको व्यवस्था र व्यवस्थापन

वर्तमान महामारीको दिगो समाधान भनेको सकेसम्म चाँडै र सकेसम्म धेरै जनतासम्म खोपको पहुँच पुर्याउनु हो। यसको निमित्त विश्व स्वास्थ्य संगठन डब्लुएचओ अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग या दिए युरोपियन युनियनको आधिकारिक संस्था जस्ता निकायले स्वीकृति दिएका खोप उत्पादक कम्पनी तथा पजयपिभ उत्पादक राज्यसँग सबै तहका कुटनीतिक प्रशासनिक तथा गैरसरकारी निकायहरूको समयमा  सघन वार्ताको थालनी गर्नु आवश्यक छ।

सबै तहका सरकारी संयन्त्र राजनीतिक कार्यकर्ता गैरसरकारी संघसंस्था स्वयंसेवक तथा व्यापारिक घरानाको आजको प्राथमिकतामा क्षति कटाउन आफ्नो क्षमता र पहुँचको अधिकतम उपयोग गर्नु र गर्न सके मात्र यो महामारीबाट छिटो रकम क्षतिमा पार पाउन सकिन्छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App