२७ मंसिर २०८२ शनिबार
image/svg+xml
कला

चर्चामा ‘यस्तो माया’

गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमा नै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । दिपक शर्माले गीतको संगीत भरेका हुन् । गीतकार निशाका प्रेमिक शब्दको समिश्रणले गीतलाई उत्कृष्टता दिएको छ।

पहिलो गीतबाटै निशाले दर्शक स्रोताको राम्रो राम्रो प्रतिक्रिया पाएकी छन् । क्यानडामा बस्दै आएकी निशाले गीत सृजनामा डेव्यु गर्दै गर्दा उनका धेरै शुभचिन्तकले बधाई तथा शुभकामना पनि दिएका थिए। बिधान कार्कीले निर्देशन गरेको  भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।

म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन , विकाश दाहालको सम्पादन ,नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन।  जहा दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ।  

प्रकाशित: ३० वैशाख २०७८ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App