१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अरूको समस्यामा सल्लाह दिनेहरू, आफूलाई पर्दा धरधरी रुने गर्छन्

मुक्तक

रुद्र अधिकारी

      १)

सके त पानीमाथि ओभानो हुने गर्छन्,

स्वार्थ पूरा भएपछि हात धुने गर्छन्।

अरूको समस्यामा सल्लाह दिनेहरू,

आफूलाई पर्दा धरधरी रुने गर्छन्।

 

           २)

शरीर मर्दा जल्नुपर्छ तर पीडा हुँदैन,

तर मन मरेमा कुनै औषधिले छुँदैन।

खुकुरी र अचानो परिपूरक भए पनि,

अचानो मात्र नै हो रुने खुकुरी रुँदैन।

 

          ३)

पछुतो छैन बिकाउ प्रेम किन्न नसकेकोमा,

सिद्धान्तलाई चाहनाले उछिन्न नसकेकोमा।

आजकल आफ्नै नजरसँग गुनासो गर्छु म,

दोहोरो अनुहारका मान्छे चिन्न नसकेकोमा।

          ४)

समयले यस्तो चलचित्र देखायो मलाई,

विश्वास भनेकै धोका हो भन्ने बुझायो मलाई।

संसारका सबै  चिज  परिवर्तनशील छन्,

प्रेम नामको भूतले यो पाठ सिकायो मलाई।

प्रकाशित: ९ वैशाख २०७८ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App