सुजन तिमल्सिना
मनभरि कुँडिएका दुःखहरूलाई
मनमा त थियो,
विशाल हावाहुरीले उढाइदियोस् भन्ने,
विडम्बना,
रूखमा उडेको चरीले
तिम्रो व्यग्र प्रतीक्षा गरिरहेको थियो।
हो, तिमी आउँदै रहेछौं
काँडैकाडाँको बाटोमा
सायद तिमीले देख्यौं देखेनौं।
म तिम्रै प्रतीक्षामा लुकीलुकी
तिम्रै बाटो ढुकिरहेको थिएँ।
प्रकाशित: ४ वैशाख २०७८ ०६:५७ शनिबार