देविस अर्याल
मैले कोरेको सिउँदो
उनको जिन्दगीको बाटा थियोे ,
उनले दिएको औंठी
मेरो जिन्दगीको घेरा थियोे ,
हामीले बाटा र घेरा तोड्यौ
पीडा र दर्दमा
प्रेम कहाँ बाँच्छ र खै?
उनले अँध्यारो प्रेम खोजिन
मैले उज्यालोमा मुस्कान रोजे,
हो अब साँच्चै धेरै वर र पीपल
चाँद र सुरज भएर छुट्टिदैछन
उनी कसैको जून भएर,
म कसैको रवि भएर
देखिनुमा नै ठिक छ,
सायद
फूल र ताराहको भेट हुँदैन
होला अब
फेरि ती फूलहरूलाई हावाहुरीले
ताराहरूलाई बादलले नछेकून्,
आआफ्नै आकाश र धर्ती
म रमाउन सकूँ ,
मौसम अनुसारको फलफूल
जस्तै सायद
मान्छेको भावना विचार र सोचअनुसार
फुल्ने, फल्ने र उम्रिने गर्छ कि प्रेम?
प्रकाशित: २८ चैत्र २०७७ ०९:२१ शनिबार