२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

यी मान्छे, यी नजरहरू गजब लाग्यो

गजल

यी  मान्छे, यी  नजरहरू  गजब  लाग्यो

शून्यशून्य छन् खप्परहरू गजब लाग्यो।    

 

कहाँ  हिँडेका  हुन्, चूपचाप  छु अचेल,  

दगुरिरहेछन्  यी  घरहरू  गजब  लाग्यो।

 

ओहो बत्तीका पुतली मर्ने  होडमा  छन्,

कस्ताकस्ता  रहरहरू  गजब  लाग्यो।

 

लाउँदै छन्,  लाइरहेछन्  जङ्गलमा खेती ,

हुलका  हुल  बाँदरहरू  गजब  लाग्यो।

 

पार्टी प्यालेस बन्द छन्, सडकहरू  रित्ता,  

चल्दै छन्  ती पार्लरहरू  गजब  लाग्यो ।

प्रकाशित: १३ चैत्र २०७७ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App