११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

टिफिन

कविता

अचेल मेरो ब्यागमा  

सानो टिफिन साथी बस्छ

मलाई त्यो टिफिन

श्रीमतीलाई जस्तै माया लाग्छ  

किनभने मेरी उनी र म बिच  

भेट गराउने माध्यम बन्छ

सम्झनाको डाडूपन्यू भएर

मलाई श्रम बजार पठाउन  

सबेरै उठ्छिन्

पकाउँछिन् दानापानी  

र राम्ररी प्याक गरी झोलामा राखिदिन्छिन्

जब म पैसा किन्न आधा बिहान मार्छु

मेरो भोक मेटाउन  

झोलाबाट टिफिन निकाल्छु

र  

सम्झनामा अद्वितीय

प्यासका गुन्जनहरू सुन्छु भोकभित्र

र मेरा रोगी पेटहरू  

क्रमश भरिंदै जान्छन्  

तीन औलाले च्यापेको चम्चाको सहारा पाएर

संगै सम्झनाको खल्ती त्यसरी नै छचल्किन्छन्

 

यसरी नै म मेरो परिवार धानिरहेछु  

समाजको असमानताभित्र  

केही कुरा टकटक्याउन बाँकी छ  

निस्वार्थ एउटा पोया बाँड्न खोज्छु  

सरकारी करहरूले चारैतिर  

मेरा घाँटी निमोठिरहेछ

मेरो नामको रासनबाट

सावुन चिनी चिया  

तरकारी दूध हरेक उपभोक्ता  

यस्तो चपेटामा छन्  

 

तैपनि मेरो टिफिन रित्तिदैन  

मेरो टिफिन रित्तिनु भनेको  

निरन्तर अभावको  

आवश्यकतामा डुबुल्की मार्नु हो  

जब म एउटा अभाव पुर्छु  

म पुरानो ब्याजहरू  

भुक्तान गरेको हुनेछु

 

मेरी श्रीमती सुन लगाएर  

बजारले मलाई हेरोस् भन्दिनन्

बजारले मनग्ये पैसा किन्न देओस्  

जहाँ आँसुको मूल्य हैन  

पसीनाको भाउ बढेर  

सुन बजारभन्दा महँगो होस्  

चाहन्छिन् !  

तर, सरकारलाई यो कुरा मन पर्दैन  

उसले आँखा तरिरहेछ

माफ गर्नुस्  

म दिनरात बजारमार्फत कर तिर्नेलाई  

किन किर्ते देखिरहन्छ  

मलाई थाहा छैन  

सरकार ! तसर्थ मेरो परिवारसंगको सम्बन्ध  

राम्रो भएको हेर्न

तिमीले सुन किन्नेबेच्ने पैठारी गर्नेभन्दा

असल देखी दिनुपर्याे  

म हुर्केको सानो पर्यावरण त  

यस्तो पो छ ।  

प्रकाशित: १२ चैत्र २०७७ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App