छिरिङ र ऊ कैयौं साल एउटै कम्पनीको सहकर्मी भएर काम गरेका थिए।
छिरिङ भन्ने गर्थ्यो– मित्र पसिना बगाए पनि आफ्नै देशमा बगाउनुपर्छ।
नभन्दै ऊ आफ्नो प्यारो देश नेपाल आएर फर्किएन।
केही सालपछि ऊ पनि नफर्कने गरी नेपाल आयो। छिरिङसँग सम्पर्क भयो। ऊ त शहरको नामी र दामी व्यापारी बनेको रहेछ। उसले खुशी व्यक्त गर्दै भन्यो– मित्र, म बेरोजगार छु। केही सहयोग गर्नुपर्यो। तपाइँको बिजनेस त सर्वत्र फैलिएको छ।
– अहो मित्र, तपाईले कस्तो कुरा गरेको ? नेपालमा काम गर्नु हुँदैन । यहाँ त नेपालीहरूलाई तलब नै दिँदैनन्। विदेशीहरूलाई पो काम गराउँछन् , छिरिङले भन्यो। , छिरिङले भन्यो।
प्रकाशित: ११ चैत्र २०७७ ०३:५८ बुधबार