११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

रूखहरूको मृत्यु

सुजन तिमल्सिना  

 

कोठामा अलपत्र सबै सामानहरू मिलाई सकेपछि टेबुलमा भएका पुस्तकहरू मिलाउन थाले । त्यहाँ पल्पसा क्याफे, शिरीषको फूल, रूखहरूको मृत्यु, गौँथलीको गुँड सँगै एउटा डायरी पनि टेबुलमा छोडिएको रहेछ। जसको पहिलो पानामा लेखिएको थियोे– अमित शर्मा। लेखक प्रशान्त शर्माद्वारा लिखित पुस्तक “रूखहरूको मृत्यु“ मंसिर २५ मा लोकार्पण भई हाल विभिन्न बजारहरूमा पाइन्छ ।

पुस्तक उपन्यास विधा रहेको छ । पुस्तक प्रकाशक ए डी बि पब्लिकेसन्स हो भने वितरक बुलबुल पव्लिकेशन हो । उक्त पुस्तकको लेआउट डिजाइन – रियल डिजाइन पोखराले गरेको हो भने पुस्तकको आवरण डिजाइन विकास लामाले गर्नुभएको हो । उक्त पुस्तकमा २६६ पृष्ठ संख्या छन् भने, पुस्तकको मूल्य ३५० राखिएको छ । पुस्तक काठमाडौं लगायत विभिन्न ठाउँहरूमा उपलब्ध छन्। यो लेखक शर्माको पहिलो कृति हो । यसभन्दा पहिला लेखक फुटकर कविता लेख्थे।

पुस्तकमा एउटा सामान्य जीवनमा बाँचिरहेका मानिसहरूको एउटा सहज तरिकाबाट जीवन जिउदाँ उसले भोग्नुपर्ने बाध्यताहरू, चाहना विपरीतका घटनाहरू, भाइसाथीसरह उसले देखाउन पर्ने व्यवहारहरू, परिवारबाट छुट्दा हुने दुख, घर छोडेर टाढा बस्दा जीविकोपार्जन गर्नका लागि उसले गर्नुपर्ने मिहिनेत अध्ययनलाई सँगसँगै डोहोराउदै लग्दाका केही असहज परिस्थितिहरू, मानिसले एउटा अर्को मान्छे सँगै गरेको प्रेम, हु त प्रेम मानिस मानिसमा मात्र नभई हरेक चिज वस्तु जनावर लगायत अनेकौं कुराहरू सँग हुन सक्छ।

मानिस मानिस बिचको समलिङ्गी प्रेम वा महिला पुरूष बिच प्रेम बसिसकेपछि उनीहरूको परिवर्तिक जीवन, मायाका लागि प्रेमका लागि आफूले भोग्नुपर्ने दुख प्रेम भई सकेपछिको सुखमा मात्र सीमित नरहेर त्यस प्रेमलाई टिकाइराख्न गर्नुपर्ने संघर्ष, मानिसले आफ्नो इच्छा विपरित दिन काट्न अपजस खेपेर गरिरहनुपर्ने दैनिकी, घरपरिवार तथा इष्टमित्रबाट खेप्नुपरेको सकारात्मक टिप्पणी तथा नकारात्मक गुणहरूको बयान।

एउटा अपरिचित मानिससँगको पहिलो भेटमा हुने कुराहरू साथसाथै ऊ सँग नजिकिँदै गरेको दिनचर्या मायाको लागि वा ऊसको लागि आफुँले चाल्नुपर्ने बाध्यात्मक परिस्थितिहरू को यथेष्ट रूपमा वर्णन गरिएको पुस्तक हो “रूखहरूको मृत्यु“ 

जहाँ पात्रको मुख्य भुमिकाको रूपमा अमित, लिनिया,कृपा रहेका छन् भने सहायक पात्रका रूपमा अमितका मामा, अपिसमा सँगै काम गर्ने सरहरू,अमितलाई पत्रकारिताको मोहमा ढाल्ने सर, विराटनगरमा कार्यक्रममा बोलाउनु हुने मित्र, लिनियाको होस्टेलको सर लगायत, कलेजका विद्यार्थीहरू सँगसँगै शिक्षकहरू अमितको दाईलाई सुधार केन्द्रमा भर्न गर्नको लागि घरबाट काठमाडौं सम्म ल्याइदिएका प्रहरी आमाबाबु लगायत थुप्रै पात्रहरू समावेश भएका छन्।

किताबको सुरूवाती चरणमा कोठे दलालको कुरालाई लिएर अघि बढेको उपन्यास, साथसाथै घरपेटि छोडिदिएको एडभान्स कोठामा अछरल्ल रूपमा छोडिएका पुस्तकहरू डायरी मा लेखिएको नाम ’अमित शर्मा’ सँगसँगै को त्यस फोटोमा देखिएका पात्रलाइ छोरिको रूपमा गरिएको कल्पना गरि कृपा, अमित र लिनियालाई समावेश गरि मुख्य व्यक्तित्वको रूपमा रहेर लेखिएको कता कथामा केही कौतुहलता पूर्ण विषय  वस्तु पनि पाइन्छन् भने, कतै सटिक तरिकाबाट गरिएको विश्लेषण विदेशीको बोलिमा आउने नेपाली शव्दको मिठास सँगै मैतिदेवी चोकमा भेटेर शुरूवात भएको उनिहरूको कहानी निकै महत्त्वपूर्ण रूपमा रहेको छ।

मानिसमा हुने अनेक प्रकारका गुणहरू मध्ये कसैको मायामा लिप्त हुनु अरूको चाहना विपरीत ऊ माथि हुने व्यवहारहरू मानिसले नचाहेका केही सम्वादहरू सटिक शव्दहरूको सटिक प्रयोगबाट निर्माण भएका वाक्यहरूले निकै महत्त्वपूर्ण रूपमा किताबको कथ्य शैलीलाई लिएको पाइन्छ । कथाहरूमा केही कौतुहलतापूर्ण विषय वस्तुहरू समावेश छन् । केही विषयवस्तुहरूले कहीँ कतै पाठक अलमल्ल पर्ने खालको विषयवस्तुहरू समावेश पाइन्छ।

पुस्तक लेखन एक आफैमामहत्त्वपूर्ण कार्य हो । त्यसमा पनि एउटा पुस्तक बजारमा ल्याइसके पछि उसमाथि पर्ने दवाव अरूले गर्ने ढाह, मित्रका रूपमा शत्रु रूपी नजरले देखिने उसको विचारधारा लगायतका अनेक कुराहरूले कथाको लगभग तीन भागमध्यको डेढ भागसम्म झुलाउने छ भने कथाको मध्यमभागले कौतुहलतापूर्ण भाषा शैली कथानक विषयवस्तु तथा अन्त्य भागले निराशाजनक रूपमा कथालाई कायापलट बनाएको छ।

पुस्तकमा मानिसलाई एउटा सरल तथा परिस्कृत समय र नियतिले कसरी डोहोर्याउँछ कहाँ र कुन अवस्थामा कसरी लगेर छोडिदिन्छ, जहाँ एक पात्रको जीवनमा आइलाग्ने प्रेम, परिवार, पैसा, नियति, दोधारे पन, लगायत यावत् तत्वहरूले के–कस्तो प्रभावहरू पार्छन्। यसले मानिसहरूको जीवनमा ल्याउने परिवर्तन प्रभावको नतिजा छाउँछ तथा आफ्नै जीवनमा आइपर्ने केही सीमित समयहरूको बयानलाई सामान्य कुराहरूको प्रभावकारितालाई असामान्य ढंगबाट कथा शैलीलाई भावनात्मक व्याख्या शैलीमा प्रस्तुत गरिएको पाइन्छ ।

गाउँबाट शहरमा आई आफूले गर्नुपरेको संघर्ष तथा बाध्यतालाई यथास्थितिबाट उजागर गरी आफ्नो भविष्य खोज्ने जो कोहीका लागि पनि यो पुस्तक सटिक तथा जीवन्त लाग्न सक्छ । पहिला सामान्य कथावस्तुबाट उठान गरिएर यति बृहत् रूपमा दोस्रो भूत र वर्तमानलाई सँगसँगै प्रस्तुति गरिएको उक्त पुस्तकमा जहाँ मानव जीवनमा नितान्त रूपमा आइपर्ने घटना क्रमहरूको यथार्थता बताइएको छ।  

पुस्तकमा केही कौतुहलताका विषयहरू पनि समावेश छन्। जहाँ पात्र अमितभन्दा पहिला त्यो कोठामा बसेर थिएँँ। उनीहरूले कोठामा दरी, टेबुल र डायरी सँगसँगै फोटो छोड्नुको कारण लेखकले व्यहोर्नुपर्न संङ्घर्षहरू। फेरि भनिएको छ लिनियासँग मेरो सम्बन्ध थिएन तर, सम्बन्धमा थियौं, महिले उसलाई कुनै  परिभाषामा परिभाषित गर्न सकिन । कहिल्यै पुस्तकमा लेखिएअनुसार कुनै पनि मान्छेको वर्णन यति धेरै हुन सक्दैन । किनकि मानिस गुण, अनुकरण, अनुकम्पा र अनुकुलता सबै त होलान् । तर, एउटा दृष्टिकोणबाट मानिसले उसको पर्यायको विश्लेषण गर्न जरुरी हुन्छ।

पात्र लिनिया एउटा विदेशी नागरिक थिइन् । उनी नेपाल एउटा काम विशेष प्रोजेक्टका लागि आएँँ कि थिइन् तर, कथाको विषयवस्तु सक्किदाँँसम्म  ऊसँग भएका भेटहरूमा उसले कहिल्यै  कुन प्रोजेक्ट ? के कामको लागि भन्ने कुरा नबताउनुले मानिसहरूमा कौतुहलता हुन् सक्छ। उनी कस्तो प्रोजेक्ट के का लागि नेपालमा आएर बसेर एउटा पुस्तकको पात्रका रूपमा विश्लेषणात्मक हुन पुगी । त्यसैले यो कुराले पनि प्रचुर सम्भावना बोकेको पाइन्छ । हरेक पटक अमितले यति घनिष्ठ पात्रका रूपमा लिएर सोधेको प्रश्नलाई सधैं अन्योलमा मात्र ढालेका हुनाले केही शंका पनि यहाँ उत्पन्न हुन् सक्छन् ।

अमित यति धेरै लिनिया सँग र विराटनगरमा एउटा कार्यक्रम भेट भएकि केटी सँग कालान्तरमा एउटा घनिष्ट मित्रका रूपमा परिणत हुनुले पनि कथाको मर्मलाई बाधेको छ। कृपालाई काठमाडौंमा एकजना अपरिचित मानिसले एउटा बुढी आमालाई केही समयसम्म मेरो बच्चा हेरिदिनुस् भनेर थमाएको र आफू गायव भएर सात आठ वर्ष पछि आफ्नो छोरिको खोजीमा पुनः नेपाल फर्किनुले एउटा आमाले आफ्नो छोराछोरी माथि दर्शाउने प्रेमको बयान गर्न खोजीएको छ ।

जीवनका आयामहरू विविध हुन्छन् । कति आयामहरू थपिँदै जान्छन्, कति आयामहरू छुट्दै जान्छन् । यो कुरा लिनिया काठमाडौंबाट फर्किएपछि लेखिएको छ । जहाँ बाल्यकालको कुरालाई जोडिएको छ ।अमित र लिनिया र कृपा निकै नै चुरोट र कफिको सौखिन व्यक्ति मानिन्छ,किनकि उनिहरूको हरेक भेटमा होस् या होटमा बसेको बेला, कसैलाई प्रतीक्षा गरिरहेको बेलामा उनिहरू सँग सधैं चुरोट र कफिको साथ हुन्छ।

लिनियासँग यति धेरै नजिक हुनुको कारण पात्र अमितलाई कुनै असल साथीको खोजीमा थिएँँ। उनले आफू एक्लो भएका कारण आफ्नो जीवनमा एक्लोपन महसुस नहोस् भन्नका लागि उनले लिनियाँसँग पहिलोपटक सार्वजनिक बस नेपाल यातायातमा भेटेका कुराहरू कुनै नचिनेका मानिससँग पहिलो पटक भेट्दाका अप्ठ्यारोहरू यस कुराले माथि बताएका कुराहरू भेटभन्दा पछिका कुराहरूको रूपमा अनुमान लगाउन सकिन्छ ।

नेपाल यातायातमा सधैं सिट पाउन निकै संङ्घर्ष गारो तर, अमित आउने दिन बस आधा मात्र भरिएको कुरा यहाँ बताइएको छ । फेरि, लिनिया अमित छेउमा आएर बस्नु, चक्रपथ बस्ने अमित थापागाउँमा ९ वर्षदेखि निरन्तर रूपमा रेडियोमा समाचार सम्पादन गर्दथे। तर, उनलाई रेडियोमा थप केही कार्यक्रम चलाउन र आफू चर्चामा आउन चाहान्थे । तर, ऊ रेडियोबाट टेलिभिजनको यात्रा  गर्न नसक्नुले अमितमा केही कमी कमजोरी हो कि भन्ने भान हुन सक्छ ।

कथावस्तु दुई तरिकाबाट अगाडि बढेको छ। एउटा आफ्नो व्यक्तिगत जीवनको पाटालाई  डोरयाएका छन् भने अर्कातिर आफ्नो सङ्घर्षबाट माथि उठेको जिन्दगीलाई कथामा ढाल्न खोजिएको छ । भूत र वर्तमानलाई सँगसँगै ढाल्न सक्नु लेखकको  एउटा महत्त्वपूर्ण पाटो हो । कथाको अन्तरालमा एउटा लेखकको नजरबाट हेर्दा देखिने प्रेम र मानिसले साधारण तरीकाबाट हेर्दा देखिने प्रेमलाई उद्घघोष गर्न खोजिएको ।

घरपरिवारसँग को न्यानो मनमुटाव सँगसँगै सामान्य परिवारको अमितले दुई प्रेमिका सँगै राखेको प्रेमलाई एकदुईबाट जोगाइराख्नु एउटा महत्त्वपूर्ण कुरा मानिन्छ । किनकि एउटा पात्रले दुई जनाको जिन्दगीमा सँगसँगै रमाउँदा नाजायज सम्बन्ध राख्दा समेत आफूले ख्याल गर्नुपर्ने कुरा निकै नै हुन्छ। समयको म्यानेज गर्नु आफ्नो वास्तविक जीवन जिउनुमा निकै कुराहरूको फरक पाइन्छ।पात्र अमितले एक आपसमा उनीहरूको जति नै गहिराइ पूर्ण कुरा पनि साटासाट गरेको पाइन्छ । यसले गर्दा केही कुराहरू पात्रहरू विच अडिग रहन नसकेको परिभाषित गर्न सकिन्छ ।अमित साहित्य क्षेत्रमा पनि सक्रिय हुनु र व्यस्तताका बाबजुद  विराटनगरमा एउटा कार्यक्रममा सामिल हुदाँ एउटा साथीको रूपमा पाएको कृपासँगै यति धेरै माया प्रेम तथा उसँग कटाइएका पलहरू यति महत्त्वपूर्ण हुनुका कारणले पात्र अमित नारी पात्रसँग पूरा रूपमा खुलेको महसुस गर्न सकिन्छ।

कृपाले पनि आफू वृद्धाश्रम छोडेर आएको र काठमाडौं अन्जान रहेकीले अमितको सहयोगमा एउटा होस्टेलमा बसेर पढाइ सँगसँगै सानोतिनो जागिरका लागि गुहार्नु, अमितसँगै उसले बिताएका दिनचर्याहरू र उनीहरू बिच भएको माया प्रेम सँगसँगै नाजायज सम्बन्ध राख्नु। चुरोट, अल्कोहल केही प्रयोग नगर्ने कृपाले बिस्तारै कुलतको शिकारतिर लाग्नु यस्ता कुराहरूले कितावलाई निकै महत्त्वपूर्ण सँगै कथानक शैलीमा बताएको छ।

पुस्तकमा लेखकले आफूलाई विविध घटाहरूको साक्षीका रूपमा प्रस्तुक गरेका छन् । झट्ट सुन्दा पुस्तकको नाम “ रूखहरूको मृत्यु“ सुन्दा मानिसहरूले यसलाई वातावरण तथा पर्यावरणको विश्लेषण गरी लेखिएको भ्रम भए पनि पुस्तकका कुनै पनि वातावरण सँग मिल्दोजुल्दो कुरा पाइँदैन । यस पुस्तकले नितान्त फरक ढंगबाट हालको अवस्थामा साधारण मानिसको जीवन्त कथालाई एउटा पाठकीय दृष्टिकोणमा र लेखकीय दृष्टिकोणबाट सटिक रूपमा आफ्नो रहर र बाध्यताको वरिपरि घुमीघुमी पुस्तक तयारी पारी अनेक घटनाहरूको साक्षीका रूपमा प्रस्तुत गरेका छन्।

लेखकले आफुलाई निकै व्यस्तता पूर्ण शैलीमा प्रस्तुत गर्न खोजेका छन्। उनले आफुलाई रेडियोमा समाचार सम्पादन गर्ने गर्ने व्यक्तिका रूपमा परिवेष्टित गरी समयान्तरका कुरामा केन्द्रित भई उनेक घटनामा महत्त्वपूर्ण का साथमा आफूलाई प्रस्तुत गरेका छन् । उपन्यासका पात्र शर्मा पत्रकारिताका विद्यार्थी हुन्। उनले उपन्यासमा चक्रपथ, चावहिल, जयबागेश्वरी, भण्डारखाल, तिलगंगा, एयरपोर्ट, सिनामंगल, तिनकुने, मैतिदेवी, थापाथली, पेप्सिकोला, टेकु लगायतका ठाउहरूमा रहेर कथावस्तुहरू प्रस्तुत गरेका छन्।

कथामा उनले छोडेको पुस्तक कृपाको हातमा पर्न पुगेपछि उनको र कृपाको सम्बन्ध नजिकिँदै गएका कुराहरू प्रष्ट पारिएको छ । कथामा कृपा अमितको घर गएको र उनीहरू बिचको घनिष्ठ प्रेमलाई विवाहमा परिणत गर्ने कुराले पनि केही अंश रोचक बनाएको छ।  कथामा भूकम्पका कुराहरू पनि बताइएको छ । काठमाडौंकोा यति साँघुरो बस्तीमा भूकम्पले पारेका क्षतिहरूको पनि समयानुकूल वातावरण परिस्थिति सिर्जना गरेको छ। यी कुराहरूको आधारमा कथाको विषयवस्तु भूकम्पपछि  २०७३ सालपछि लखिएको कुराहरू अनुमान लगाउन सकिन्छ।

पुस्तकमा केही बेमेल कुराहरू पनि छन् भने कथा पढिरहदाँ अगाडिको केही अंशहरूले मानिसलाई अल्छी लगाए पनि पछिल्लो कथावस्तुहरूले मानिसहरूको निकै नै ध्यान केन्द्रित गर्ने छ। कथा कहीँ कतै फितलो हो कि भन्ने  अनुमान गर्न सकिन्छ । किनकि, कथामा घटेका घटनाहरू एकपछिको अर्को घटनामा त्यति धेरै अन्तर पाइदैन। कथाले मागेको समय र कथामा घटेका घटनाहरू समयानुकूल रहे पनि कथाले केही रहस्यमय कुराहरू पनि बोकेको पाइन्छ। 

कथाको अन्तिम भागमा अर्थात् लिनियाले छोडेको पत्रका कारण नमोबुद्ध गएका साथीहरू र अमित कृपा हराएपछि निकै दिन खोजिरहन्छन् । तैपनि  कृपाले यति धेरै माया र प्रेम र नाजायज सम्बन्धमा बाँधिएएका उनीहरूको एक्कासि कृपा हराउनुले खाडा गरेको यो सम्बन्धलाई परिभाषित गर्न निकै जरुरी देखिन्छ  लिनियाको पत्रका अनुसार अमितको विभिन्न घटनाक्रमहरूले गर्दा । सत्र वर्षदेखि हराइरहेकी छोरी भेट्टिनु र उनीहरू दुई आफ्नो देश फर्किनुले अमित पात्र निकै चिन्तित देखिन्छन्। अहिले अमित कहाँ छन्, अनि लिनिया कहाँ होलिन्, अनि कृपा कृपालाई खोज्न निस्किएका अमितको कुनै खबर थिएन । नमोबुद्धबाट फर्किएपछि भोलि पल्टबाट उनले कलेज पनि छाडिदिनु रेडियो पनि केही दिनमा छोडिदिनु ।

पत्रका आधारमा कृपा हराएकी खबर थाहा पाएपछि अमितले आफूलाई कृपा भेटिएको कुरा बताइदिन र जोसँग हद पार गरी राखिएका सम्बन्धहरू जोसँग शारीरिक सुख साटेर रहेका कुरा म कसरी बताऊँ।

अमित तिम्रो र कृपाको सम्बन्ध सधैं सुरम्य हरोस् कृपाको तस्वीर पठाइदेऊ । र तिमी अब आफ्नो मानसपटलबाट आजसम्मका सबै नाजायज सम्बन्ध तथा हरेक कुराहरू मसँग र कृपासँगै भएका कुराहरू बिर्सिदेऊ यो कुराले पात्र अमित निकै नै द्वेषपूर्ण रहेको ठहराउन सकिन्छ ।

समग्रमा पुस्तक निकै राम्रो रहेको छ । साहित्य जगतमा एउटा इँट्टा थप्ने हेतुले गरिएको यो लेखक शर्माको पहिलो कृति हो ।  लेखकले नयाँ सोच विचार र विविधतालाई एकत्रित गरी तयार पारिएको  कृति निकै सुन्दर हरेको छ । कथा तथा विषयवस्तुले प्रभाव पार्ने कुरा एकापट्टि छ भने लेखककले आफ्नो दुईवटा जीवनको सँगैसँगै अगाडि बढाएको कहानी भनौं या वास्तविकता निकै सराहनीय छ । शर्माले चाहेका भए यस पुस्तकलाई अझै सुन्दर तथा उत्कृष्ट बनाउन पनि सक्थ्ये तर, पुस्तकले मागेका कुराहरूमा सीमित रही उनले लेखेको यो नविनतम् कृति वास्तविक जीवनमा मानिसहरूसँग मेल खान जाने किसिमको छ । 

पुस्तक विधा– उपन्यास ।  

पुस्तक प्रकाशक– ए डी बि पब्लिकेसन्स  

वितरक – बुलबुल पव्लिकेशन  ।  

पुस्तकको लेआउट डिजाइन – रियल डिजाइन पोखरा  

पुस्तकको आवरण डिजाइन–  विकास लामा

पृष्ठ संख्या – २६६  

मूल्य – ३५०  

संस्करण – प्रथम  ।  

लेखकको नाम – प्रशान्त शर्मा ।

प्रकाशित: ७ चैत्र २०७७ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App