२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘बुद्ध थिएटर महोत्सव’ हुँदै

बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत परिचित गराउन राजधानीमा साताव्यापी ‘बुद्ध थिएटर महोत्सव’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले बुद्ध थिएटर महोत्सव हुन लागेको जानकारी गराएको हो।  

बुद्धको जीवनी र दर्शन, बोधिसत्वको प्रभाव र विविध पक्षलाई रंगमञ्चमार्फत खोतल्न आगामी चैत ८ देखि १४ सम्म जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सव आयोजना हुँदै छ। महोत्सवमा बुद्धको जीवनीमाथि आधारित चर्या नृत्य, ६ वटा कार्यपत्र प्रस्तुति र सातवटा नाटक मञ्चन हुने जानकारी महोत्सव निर्देशक पुस्कर गुरुङले जानकारी दिए। 

‘महोत्सवमा बुद्ध जीवनीमाथि आधारित चर्या नृत्य, ६ वटा कार्यपत्रको प्रस्तुति र सातवटा नाटक मञ्चन हुनेछन्,’ उनले भने, ‘नाटक मञ्चनका लागि नेपालसँगै भारत र हङकङबाट सहभागिता रहनेछ। बुद्धको कर्म, ज्ञान र समग्र कथालाई नृत्य, संगीत तथा रंगमञ्चमा उतार्ने हाम्रो पहिलो प्रयास हो। यसले बुद्ध र बुद्धिजमको ज्ञानलाई प्रवर्धन गर्नुका साथै नेपाली थिएटरलाई समेत विस्तार गर्न सघाउ पुर्‍याउन सक्ने हाम्रो विश्वास छ।’  

वाग्मती प्रदेश सरकारको सहयोगमा सांस्कृतिक संस्थान, डबली थिएटर र पर्यटन विकासको आयोजनामा महोत्सव हुँदै छ।

प्रकाशित: ५ चैत्र २०७७ ०१:१२ बिहीबार

‘बुद्ध थिएटर महोत्सव’