१)
कोहीभन्दा कोही कम हुनु हुँदैन,
मान्छेले मान्छेलाई नै छुनु हुँदैन ।
हैन के भ्रम छ अझै मान्छेमा खै,
सुन्छु केटा मान्छे भएर रुनु हुँदैन ।
२)
जहिले आफै हार्नुपर्ने दाउ बोकेको छु,
अनुहारमा हाँसो मनमा घाउ बोकेको छु ।
देख्छ दुनियाँले संसारकै खुसी मान्छे मलाई,
तर मैले आँखामै सिङ्गो तलाउ बोकेको छु ।
प्रकाशित: २४ फाल्गुन २०७७ १२:०४ सोमबार