उच्च अध्ययन गर्न धेरै देशमा प्रयास गरिरहेका थिए रामकुमारले। बुबालाई ‘चिता नगर्नुस बुबा । म जसरी पनि खर्च पुरयाउँछु ’ भन्दथे । उनी निम्न मध्यम परिवारको जेठो छोरा थिए । उनको भाइ र कान्छी बैनी थिए । बुबाको हैसियत बुझेको उनले सकेसम्म टियुसन पढाएर भए पनि आफ्नो पढाइ खर्च आफै जुटाउँदै आएका थिए । भाइ हरिकुमार पनि दाइबाट प्रभावित थिए । उनी ‘दाइ मेरो पनि म आफै खर्च जुटाउँछु ’ भन्दै प्रयत्नरत तिर ।न उनीहरू मिलेर बैनीको शिक्षादीक्षाको जिम्मा पनि लिएका हुनाले बुबा सन्तुष्ट थिए ।
अमेरिकामा छात्रवृत्ति पाएर रामकुमार त्यता र भाइ क्यानाडातिर लागे । विदेश पसेका दुवै भाइले आमाबुबा र बैनीलाई कुनै कुराको अभाव हुन दिएनन् । आलोपालो जन्मभूमि आउजाउ गरिरहन्थे। बुबाआमालाई सुविधा सम्पन्न घर बनाएका थिए। केही वर्षअघि आएको महाभूकम्पले बुबाआमाको घर भत्त्कियो । फोनमा ‘बुबा सुर्ता नलिनुस् । हामी दुवै भाइ आउँदै छौ’ भनेर उनीहरू बेलैमा पुगे पनि । गएर बस्ने ठाउँको व्यवस्था गरिदिए ।
सर्वत्र देशभरिका जनताले रोग, भोग, अभाव र व्याध खप्नुपर्यो । संसारभरिबाट राहतको सहयोग आए पनि त्यो पीडित जनतासम्म पुग्न सकेन । बर्सौ भैसक्दा पनि भूकम्पले सर्वसाधारणको पुरयाएको क्षतिको पुनर्निर्माण हुन सकेको छैन । रामकुमारका दाजुभाइले बुबाआमालाई त्यसबेला पनि लागि केही कुराको अभाव हुन दिएनन् । भत्किएको घरको पुननिर्मामाण गरे ।
यो पटक सात समुन्द्रपारि अमेरिकाको टेक्सस भन्ने राज्यको एउटा शहरमा स्थायी रूपले त्यहीको नागरिक भएर बसेको रामकुमारलाई त्यस्तै प्राकृतिक प्रकोपको सिकार बन्न पर्यो । टेक्सस राज्य जहाँ सधै जसो गर्मी हुन्छ । हिउँ पर्दै पर्दैन ।तर अविश्वसनीय रूपले बाक्लो हिउँ परेर , शून्य डिग्री ताप हुन पुग्यो । यस्तो प्रकोपको सामना नगरेको राज्यप्रशासन सयौं घन्टासम्म पनि जनतालाई बिजुली बत्तीको सप्लाई दिन असमर्थ भयो ।धाराको पाइपहरू बरफद्वारा थिचिएर वितरण बन्द भयो । जाडो र हिउँले पसलहरू पूरा समय खुलेनन् ।
सहयोगी हातहरूले टोलटोलमा हिउँ र जाडोको पर्वाह नगरीकन खानेकुरा ,पानी वितरण गर्न थाले ।हिउँको थुप्रोले थिचेर ,हिमहावाले बजारेर धेरै घर भत्किए भने रुखले थिचेर र जाडोले कठाङ्गिएर धनजनको नाश भयो । एकजना नातेदार अर्को शहरमा त्यही प्रकोपको सिकार बनेको खबर पाएर रामकुमार त्यता गएका बेला घरमा सबै धारा खुला रहेछन् । पानी आएपछि रातभरि सबै धाराबाट पानी बगेर उनको पूरै घर जलमग्न भएर घर बस्न अयोग्य ,पूरा मर्मत गर्नुपर्ने भयो । सम्बधित निकायबाट मान्छे निरीक्षण गर्न आयो।बिग्रेको घरको निरीक्षणपछि निशुल्क पूरा मर्मतका लागि दुई हप्ता समय र त्यो समय निशुल्क बस्नको लागि केटाकेटी सहित उनीहरूको अनलाइन स्कुल , अफिसको काम गर्न सुविधायुक्त्त होटेलको परिचयपत्र जनतामाथि रास्ट्रको दायित्व पूरा गर्दै रामकुमारको हातमा थमाइदियो ।
प्रकाशित: २४ फाल्गुन २०७७ ०६:३० सोमबार