२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

खिचडी

लघुकथा

चौतर्फी हल्ला र वासना फैलिरहेको थियो , मिष्ठान्न पक्वान्नको   ।  भान्सेहरू कसरी मीठो पकाउन सकिन्छ भनी मेहनतका साथ जुटिरहेका थिए । अगस्तीहरु कतिखेर खान पाइन्छ भन्दै रयाल काढेर मुख बाइरहेका थिए । अगस्ति नाइकेहरू विभिन्न प्रपञ्च रचिरहेका थिई । कसरी आफू मात्रै खाने ! अरूलाई कसरी पन्छ्याउने !

 – केके पाक्दै छ भनेको त खिचडी पो पाक्दै रहेछ ! एक अगस्ति नाइकेले नाक खुम्च्याए। 

यो कुरा सुनेर केहीले अ‍ोठ लेब्रयाए।

 केहीले भने भोकका बाबजुद खिचडी भए नि खाने मनसायले ढुकिरहे।

–  पुजारी आउने छाँटकाँट छैन । पुजारी नआएसम्म खान पाइने होइन । के पर्खौ जस्तो लाग्न थाल्यो । अर्को अगस्ति नाइके।

उसको कुरा सुनेर भोकाएका केही अगस्तिहरू अत्तालिन थाले – पुजारी छिटो बोलाउनुपरयो । कुण्ठित स्वर निस्कियो।

हामीले भनेर पुजारी छिटो आउने हुन् र !  उनको आफ्नै समय अनुसार आउँछन् । पर्खन नसक्नेहरू गए हुन्छ । अझै समय लाग्ला जस्तो छ । नाइकेजस्तै देखिनेले बेलिविस्तार लायो।

केही उठेर गए। केही भने ढुकेर बसिरहे।

केही समयपछि  भान्साभित्र हल्लाखल्ला, भागदौड, तँछाडमछाड मच्चियो । के भयो भनी सबै भान्सामा छिरे । अगस्ति नाइकेहरू लुछाचुँडी, छिनाझपटी गर्दै भाँडो समातिरहेका थिए । अग्लो कद भएकाले गिद्धले झै मुन्टो ठड्याउँदै भन्यो – के पाकिरहेछ भनेको त सत्ताको खिचडी पो !

प्रकाशित: १३ फाल्गुन २०७७ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App