६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

व्युटिसियनको पोखरा सेमीनार

बाहिरी सुन्दरता निर्खान विभिन्न जिल्लाका व्युटिसियन दुईदिनसम्म पोखरामा व्यस्त रहे । अनुहारमा श्रृंगार कसरी गर्ने, छाला तथा कपाललाई कसरी सजाउने र उपचार गर्ने भन्ने विषयमा दुईदिनसम्म व्युटिसियनहरुले अनुभव साटासाट गरे ।  

दुईदिने सेमीनारको व्यवस्थापन शिशिर ब्यूटि पार्लर एण्ड टे«निङ सेन्टरले गरेको थियो । काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरले सौन्दय व्यवसायीलाई यहाँ प्रशिक्षण दिएको थियो ।  

विशेष गरी दुईदिने सेमिनारमा मेकअप, स्कीन र हेयर सम्वन्धि सीपका बारेमा प्रशिक्षण गराइएको स्थानीय व्यवस्थापक शिशिर थापा गोदारले बताईन् । स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टर काठमाडौका ब्यूटिसियन तथा मेकअपका आटिर्स रुस्का बैद्य श्रेष्ठले प्रशिक्षण गराएकी थिईन् ।  

ब्यूटीपार्लरमा आउने सेवाग्राहीलाई अनुहारको श्रृंगार(मेकअप) छाला तथा कपालको साजसज्जा गराउने विषयमा जानकारी गराईएको थियो । ब्यूटिसियनहरुलाई प्राविधिक रुपमा जानकारी दिइएको थियो । ‘नजानेका केही कुरालाई सहजीकरण गर्ने उद्देश्यले सेमीनार आयोजना गरिएको हो,’ प्रशिक्षक श्रेष्ठले भनिन, ‘अनुहारमा मेकअप गर्दा कसरी गर्ने, क्रिमहरुको प्रयोग कसरी गर्ने, कपालको उपचार कसरी गर्ने भन्ने बारेमा सैद्धान्तिक ज्ञान सम्बन्धी सिकाइएको थियो ।’  

प्रशिक्षक श्रेष्ठले सिटिईभिटिले सञ्चालन गर्ने परीक्षामा सहभागी हुदाँ समेत सहज होस भन्ने उद्देश्यले सेमीनार आयोजना गरेको जानकारी दिईन् । आफनो पेशामा ब्यवसायीहरु दक्ष हुनुपर्छ भन्ने मान्यताले पोखरामा सेमीनार आयोजना गरिएको व्यवस्थापक गोदारले प्रष्टयाईन् । पहिलो पटक स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरले पोखरामा सेमिनार आयोजना गरेको हो । सेमीनारमा कास्की, स्याङजा, तनहुँ, लमजुङ, पर्वत लगायत जिल्लाका ३७ जना ब्यूटिसियनको सहभागीता रहेको थियो । 

प्रकाशित: ८ फाल्गुन २०७७ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App