२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

विशेषज्ञता

लघुकथा

– बाबू,तिमीले कुन श्रेणीमा पास गर्‍यौ ? पशुविज्ञानमा आइएससीएजी सकेको भतिजालाई मैंले सोधेँ।

–विशिष्ट श्रेणीमा,ठुलो बुबा। उनले जवाफ दिए।

– प्राप्ताङ्क कति प्रतिशत आएको छ ? मैले मनको खसखस मेटाउन खोजेँ।

– असी प्रतिशत । थ्यौरीमा भन्दा प्राक्टिकलमा राम्रो छ मार्क त। क्षमताको पहिचान गर्ने यही सर्टिफिकेट त हो। उनले खुसी व्यक्त गरे।

– स्याबास भतिज। यसैगरी पढेस्। हाम्रो पनि नाक राखेस्। राम्रो जागिर मिलोस्। दक्ष विशेषज्ञ भएर चिनिनु है। मैंले आशीर्वाद दिएँ।

गोठमा गाई बिरामी भएको सम्झना आयो र मैंले समस्या राखेँ–  बाबू, तीन दिनदेखि गाईले केही खाएको छैन। दूध पनि दिएको छैन। जिउ रनक्क तातेको छ। इन्जेक्सन पो दिनुपर्ने हो कि। यसो एकपटक गएर हेर न।

उनले पुलुक्क मेरो मुखमा हेरेर अनुहार झार्दै भने– हेर्न त हेरौंला ठूलो बुबा, इन्जेक्सन लगाउन त जान्दिनँ ।

प्रकाशित: २ फाल्गुन २०७७ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App