२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

रातो गुलाबको प्रश्न

कविता

 तिमी आफ्नो खुशीको

लागि किन चुँड्छौं मलाई

आफू रमाई किन मार्छौ मलाई

  यही एउटा प्रश्न छ  

  रातो गुलाबको सबैलाई

 

तिमी प्रेमी होइन अब

तिमी त हत्यारा हुँदैछौ

आफ्नो खुसीका लागि  

अरूको अन्त्य गर्दै छौ

 

खबरदार,

मायाको नाटक गर्ने  

ए मायालु जोडीहरू हो

तिमीहरू प्रेमी– प्रेमिका होइन

तिमीहरू त मायाको नाटक गर्ने

एक पात्र मात्रै हौ

 

अनि जोडीहरू हौ

मलाई थाहा छ

तिमीहरूको प्रेम सफल हुँदैन

सफल हुन त राम्रो काम गर्नुपर्छ

तिमीले राम्रो काम गरेकै छैनौ

 

तिम्रो कारणले  

आज निर्दोष  करोडौ करोड  

रातो गुलाबको अन्त्य हुदैछ  

तिमीहरू रमाऊ  

तर,

आफ्नो खुसीका लागि  

अरूको समाप्ति गरेर होइन

आफूसंगै अरूलाई पनि बचाउ।

प्रकाशित: २ फाल्गुन २०७७ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App