बाख्रो चरिरहेको थियो। छेवैमा बाघ आयो र बाख्रालाई भन्यो– हामी सँगसँगै खेलौँ है ।
बाख्रा डरायो र भाग्न खोज्यो।
बाघले बाख्रालाई विश्वास दिलाउँदै भन्यो – भोभो डराउनु पर्दैन। भोक नलागुन्जेल म तिमीलाई खान्न।
बाख्रो खुसी भयो र बाघसंग मित्रता गाँस्न तयार भयो। बाख्राले बाघजस्तो बलियो जनावरको साथी हुन पाएकोमा कताकता गौरव महसुुस गर्यो ।
ऊ आफ्नो साथीहरूसँग बोल्न छोड्यो, हिँड्डुल गर्न पनि बन्द गर्यो।
यो देखेर आफ्नो योजना सफल भएकोमा बाघ मनमनै खुसी भयो।
एकदिन बाघलाई औधी भोक लाग्यो । त्यसपछि उसले अघि गरेको भोक नलागेसम्म नखाने आफ्नो वाचा पूरा गर्यो।
प्रकाशित: २८ माघ २०७७ ०९:११ बुधबार