२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

एकादेशको कथा

कथा

एकादेशमा एउटा बाबा थिए। उनको परिवारमा खुसीयाली नै थियो। सपरिवार खुसीका साथ नै जिन्दगी बिताउँदै थिए। देशभर उनको परिवारको चर्चा पनि थियो। सामूहिक परिवार भएकाले बेलाबेलामा झगडा हुनु सामान्य कुरा नै थियो। उनको परिवारमा नयाँ पुस्ताको पनि वर्चस्व बढ्दै थियो। बाबालाई परिवार समाल्न अलि गाह्रो भएको थियो। नयाँ पुस्तालाई दिने हो भने परिवारमा झन् कलह हुन्छ कि भने डर पनि थियो।

खै के जोस चल्यो बुढा बाबाले मन बदल्नुभयो। युवा परिवारलाई तह लगाउन हो अथवा आफ्नो  फाइदाका लागि हो ।अचानक कान्छी श्रीमती भित्राउने निधो गर्नुभयो। परिवारमा खैलााबैला भयो। बुढा बाबा भने आफ्नो कुरामा अडिकरहनु भयो।   अनभिज्ञ हुलहरूको बुढो बाबाको अगाडि केही पनि चलेन। अन्तत विवाह पक्का भयो।

एकादेशको बाबासँग विवाहमा बाँधिन चाहने नयाँ  नौलीको पनि केही शर्त त हुने नै भए। नौलीको तर्फबाट एकादेशमा मागहरू राखिए। यदि एकादेशमा कुनै नयाँ कुरा आयो भने नौलीलाई आधा हिस्सा दिनुपर्ने छ। नौलीको कुरामा बुढा बाबाले धेरै ध्यान दिनुपर्ने छ।

यो उमेरमा नौली पाएकोमा  बुढा बाबा पनि त मक्ख थिए । ।बाबाले प्रत्येक कुरालाई मन्जुरी दिनुभए।

यति मात्र कहाँ हो र एकादेशको बाबाले नौलीको परिवारको पनि ख्याल राख्नुपर्ने थियो। त्यो बेला बाबाले सबै कुरा मान्नुभयो।

दुवै परिवारको उपस्थितिमा विवाह सम्पन्न भयो। दुवै परिवार  खुसी नै देखिएका थिए। अर्को विकल्प पनि त थिएन्।

केही समयपछि नौलीको पेटबाट नयाँ बच्चाको जन्म भयो। एकादेशमा ठूलो खुसीयाली मनाइयो। दुवै परिवारमा झन् बढी माया पलाएको थियो।

एकादेशको माया धेरै दिन टिक्न सकेन। नौलीको तर्फबाट मागहरू आउन थाल्यो। एकादेशका बाबाले हाँसीहाँसी कुराहरू टार्दै हुनुहुन्थ्यो। उहाँको हाँसको पछि नौलिका आफन्तहरू रिसाउन थालिसकेको थिए। उनीहरूलाई हाँसो होइन भागबन्डा चाहिएको थियो।

नौलीको र एकादेश माग एउटै थियो। जन्मेको बच्चाको अधिकार सुनिश्चित हुनुपर्छ। अनि उसको जिम्मा हामीले पाउनुपर्छ। एकदेशको अधिकार पनि बच्चा जन्माउने हुनुपर्छ। यो कुरो एकादेशमा बस्नेहरूले मानेका थिएनन्। यो विवाद झन् बढी चर्किन थाल्यो। आआफ्नो कुरामा कोही अगाडिपछाडि हुन राजी थिएन्।

एकदिन एकान्तमा बसी बुढा बाबाले केही कुरा सोच्दै हुनुहुन्थ्यो। आखिर मेरो इच्छा त पूरा भयो । अब यी नौलीको के काम अब यिनलाई जसरी हो तह लगाउनुपर्छ। यति कुरा मनमा राखी बैठक कोठामा जानुभयो। आफ्ना नजिकका मानिसहरू जम्मा भए। अब  नौलीको माग पूरा गर्न नसकिने अवस्था आयो के गर्ने प्रश्न बाबाको थियो। मौकाको फाइदा लिन खोजिरहेका एकादेशको मानिसको एउटा उतर आयो –  नौलीलाई घरबाट निकालिदिने।

एकछिनको सोचविचारपछि एकादेशको बाबाले यस कुरालाई मान्ने देखियो।

उज्यालो हुदाँनहुँदै नौलीका लागि एकादेशको ढोका बन्द भएको जानकारी गराइयो। नौलीबाट जन्म भएको बच्चा भने एकादेशमा रहने भन्ने कुरा आयो। यो कुराले नौलीको पक्षमा आगो लाग्यो। त्यो बच्चा आमाविहीन भएको छ। आजभोलि नौली र एकादेशको लडाइँ अदालतमा पुगेको छ। एकादेश भने उनीहरूको लडाइँमा जलिरहेको छ।

प्रकाशित: २४ माघ २०७७ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App