२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

खुसीको औषधि

लघुकथा

अस्पतालमा मौनताको भिडभाड थियो । कसैलाई एक अर्कालाई ध्यान दिन सक्ने अवस्था र फुर्सद थिएन । सबैलाई आफन्त र आफ्नो स्वास्थको ख्याल थियो । कसरी बाचौं र र बचाऔं मात्रै ।

काउन्टरमा औषधि  लिनेदिनेको भिड, हरेक कोठाअघि चिकित्सकको पर्खाइमा  लामालामा लाइन थिए । सबै प्रायः मौन थिए ।

हजारौंको भिडमा पनि सुनसान थियो । यस्तैमा एक चिकित्सक प्रत्येक कोठामा विरामी चेकजाँच गर्न भित्र – बाहिर गरिरहेका थिए । 

उनका आँखामा हरेक पटक बाहिरी कक्षमा पछाडि स्कुल व्याग बोकेको एक ६÷७  बर्से बच्चामा पर्दथ्यो । पहिलोपटक अभिभावक छन् भनेर बेवास्ता गरे ।

उनी १५ कोठा चाहार्दा पनि फुच्चे यताउता खोजेझै त्यही ठिङ्ग उभिएको थियो । चिकित्सक उत्सुक भएँ ।

नजिकै गएर सोधेँ –  के हो प्यारो बाबू ?

वरिपरि ट्रे लिएर झुम्मिएका नर्सहरू पनि मौन थिएँ ।

– यहीँ सुनसान छ, कोही नबोल्ने के पाउँला दबाई । बच्चाको जवाफ थियोे ।

बुबा यहीँ भर ल्यापटपमा नबोली बस्ने, आमा मोबाइलमा । स्कुलभन्दा बाहिर जता नि सुनसान।

अलमलमा पर्दै चिकित्सकले सोधे–  केको दबाई बाबु।

उसले सटिक जवाफ दियो – पाइँदैन यहाँ। 

चिकित्सकको उत्सुकता झन् बढ्यो । उनले सोधे – नाम त भन न्, म जहाँबाट पनि खोज्छु ।

बच्चाले भन्यो–  बाबामम्मीलाई मसंग खेल्ने, हाँस्ने,  जिस्किने अनि रमाइलो गर्ने खालको दबाई ।          

प्रकाशित: २१ माघ २०७७ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App