२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

आफैभित्र जलेर रुन्छ्न् मान्छेहरू

गजल

इमान बेचेर चुक्छ्न् मान्छेहरू,  

जमान बिर्सेर लुक्छ्न् मान्छेहरू ।

 

पत्थरमाथि आस्था पलाएपछि,  

विश्वासमा ढुंगा पुज्छन् मान्छेहरू।

 

यात्रा एउटै हो गन्तव्य छ फरक ,

दुविधामा परेर फुट्छ्न् मान्छेहरू।  

 

मनभित्र छ ईर्ष्या र  रिसको राप  

आफैभित्र जलेर रुन्छ्न् मान्छेहरू ।

 

चाकरी चाप्लुसीमा रमाउँदै सधैं ,

स्वभिमान भुलेर झुक्छन् मान्छेहरू।

प्रकाशित: १९ माघ २०७७ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App