२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मलाई पनि मन छ तिम्रो मान्छे हुन

गीत

कल्पना अधिकारी

 

केही तिम्रो भन केही मेरो सुन

दुवै मिली बनोस् मिठोमिठो धुन

मिठोमिठो बनोस् जिन्दगीको धुन

 

निलो आकाशमा बादलको घेरा

सुन्दर फूलमा पनि काँडा हुन्छ धेर

मेरो पनि घाउमा परेको छ नुन

आँसु पुछ प्रिय हुँदैन है रुन

 

मलाई बोलाउँछौ बोली दबाएर

आफ्नो भन्न खोज्छौ कुरा घुमाएर

मलाई पनि मन छ तिम्रो मान्छे हुन

हुँदैन र यहाँ मैले जून छुन ।

प्रकाशित: १२ माघ २०७७ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App