मेरो त्यो बोलीले तिम्रो मनमा, कतै बिझायो कि,
लाग्छ मलाई कताकता, मसँग पो रिसायौं कि ।
नसोचेको भयो आज, आफै अलमलमा परें,
केके भयो भयो मलाई थाहै छैन,केके गरे– गरे।
पहिलो भेटमै कल्पनामा, हामी कतै हरायौं कि,
लाग्छ मलाई कताकता, मसँग पो रिसायौं कि ।
भन्देऊ सानु मायाको, के दिऊँ चिनो तिमीलाई ,
यो दिलभित्र सजाई मैले, राखिसके तिमीलाई ।
धड्कन बढ्यो मनमा, डर लाग्छ कराउँछौं कि,
लाग्छ मलाई कताकता, मसँग पो रिसायौं कि।
प्रकाशित: २९ पुस २०७७ ११:०९ बुधबार