युवराज भण्डारी
म कुर्दै त थिएँ तिमी सिंदूरले सजिएर गयौ,
निकालेर त्यो दिलबाट मेरो मुटु लिएर गयौ।
तिखा वचन कति सहें प्रेमको खातिर तथापि,
सबलाई मुस्कान मलाई तिरस्कार दिएर गयौ।
झिर कुनै रोपेसरि पीडा हुन्छ यी नयनहरूमा,
खुल्दैनन् यी नजर मेरा कि परेली सिएर गयौ।
दुई प्यालाहरू भरेउ मेरा आँखा छोप्न लगाई,
जहर मलाई दिएर आफू अमृत पिएर गयौ।
मलाई लिएर मलामीहरू घाटतिर गैरहेको पल,
तिमी डोलीमा मङ्गलसूत्रले सिँगारिएर गयौ।
प्रकाशित: २७ पुस २०७७ ०५:३८ सोमबार