बालकृष्ण गजुरेल
युवाहरू बेरोजगारको कारण दिनहुँ देश छोडिरहेका थिए । दश लाख युवाले स्नातक सकाए । दुई लाख पचास हजार सरकारी जागिरमा थिए । दुई लाख पचास हजार एनजओि र निजी क्षेत्रमा जागिर गर्थे । बाँकी पाँच लाख स्नातक सकेका जीवन निर्वाह गर्न देश छोडिरहेका थिए । शिक्षित व्यक्तिको यति ठूलो मात्रा पलायन हुनु भनेको देशको बर्बादी थियो ।
स्नातक सकेका देश छोड्दै जाँदा राजनीति पार्टीमा आसेपासे हनुमानबाहेक अरू अटाएनन् । सर्वसाधरण अलमल परे । मालिकले लंगौटी खोले पनि आधुनिक भन्दै झ्याली पिट्नेहरू रहे । अवस्था दिनप्रतिदिन नाजुक भयो।
एक थिंकट्याङ्कले भने – के थाहा र दासहरूलाई मालिकसँग सति जाने कि खाफू जीवित रहने भन्ने ।
छलफल लामो चल्यो । विद्ववानहरू पनि स्वतन्त्र थिएनन् । कोही आफूलाई विदेशी डलरमा बेचेर नागरिक समाजका प्रमुख भन्थे । कोही मानव अधिकारवादी भन्दै साक्षात्कार गर्दथे । अन्त्यमा एक राष्ट्र चिन्तक विद्ववान् देखापरे ।
उनले चश्मा सार्दै बोले– आशाको बादल लागे पो वर्षा हुन्छ र हराभरा हुन्छ । प्रलयको बादल लागेपछि अस्तित्व समाप्त हुन्छ ।
प्रकाशित: २७ पुस २०७७ ०४:४७ सोमबार