३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

रुँदैरुँदै कता जाऊँ, संसारबाट एक्लिएको मान्छे

गीत

अगम विकराल

 

रुँदैरुँदै   कता  जाऊँ  संसारबाट  एक्लिएको मान्छे,

मनको बह कसलाई पोखूँ सबैबाट एक्लिएको मान्छे।

 

अघि बढदा ठेस लाग्छ बेसाइतमा जन्मिएँ कि,

सुख कहिले  नफाप्ने कर्मै मेरो खोटो छ कि,

दुख्दादुख्दै थाहै नपाई  आफैबाट एक्लिएको मान्छे ।

 

फसिरहे जीवनभरि दुःखैबाट पार नपाएर,

सयौं  चोटि  मरे जिउदै  आफूबाट  छुट्टिएर,

दुख्दादुख्दै थाहै नपाई  आफैबाट एक्लिएको मान्छे।  

प्रकाशित: २३ पुस २०७७ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App