जमुना पौड्याल
– हेर्नुहोस् त हजुर , मेरो पेटभित्र पसेको छ । म भोकै छु ।केही खाएकी छैन । भोकै भएको प्रमाण पेश गर्दै एक अधबैँसे महिलाले भनिन् ।
– भान्सा उठिसकेको थियो ।अब आमाले के दिनुहुन्छ होला ।म सोच्दै थिएँ ।
आमाले यताउताबाट खोजेर केही खाना ल्याएर दिनुभयो ।उनले एकैसासमा सकिन्। लाग्थ्यो उनको भोक अझै मेटिएको छैन।
उनी आफ्नै सुरमा बोल्न लागिन् – मेरो लोग्नेले मलाई माया गर्दैन।छोरासँग बोल्न पनि दिँदैन । म त सौतालाई पनि माया गर्छु ।मलाई कसैले माया गर्दैनन् ।
परिचितले मात्र उनको भाषा बुझ्थे । मेरो उनीसँगको दोस्रो भेट थियो। त्यसैले अलिअलि कुरा बुझेजस्तो लाग्यो ।
उनको मानसिक सन्तुलन ठिक थिएन । पूर्ण रूपले गुमाएकी पनि थिइनन् ।परिवारले वास्ता नगरेकाले उपचार पाउन सकिनन् । नत्र खाइलाग्दो जवानी बोकेर घरदैलो कुर्नुपर्ने थिएन विचरीलाई ।
मैले छेउमै गएर सोधे –चाँचरी दिदी , कहाँबाट आउनुभयो ?
मेरो प्रश्न झर्न नपाउँदै उनले उत्तर दिइन् – यो बैनीले मलाई चिनिन् । ए, म खोलाबाट। हिजो राति एउटा मान्छेले मलाई खोलाको पुलमुनि लग्यो ।बिहान उठ्दा ऊ थिएन ।मैले खोज्दा –खोज्दा गरेँ भेटिन अनि यहाँ आएँ । हेर्नुहोस् त, उसले यो पैसा छोडेर भागेछ।
चाँचरी दिदी एक सय रुपियाँको नोट देखाउँदै हाँसिन् ।
प्रकाशित: २३ पुस २०७७ ०४:१० बिहीबार