अरुणबहादुर खत्री “नदी”
एकदिनको कुरा हो मोहन खेतको काम सकेर आफ्नो घर फर्कदै थियो । बाटोमा उसलाई रुकमिणीले भनी मोहन दाइ, मोहन दाइ तपाईको आमा त भ¥याङबाट लड्नुभयो नि ।
“आमा लड्नुभयो रे ।”
“हो त्यसैले म तपाईलाई बोलाउन हिँडेकी” रुकमिणीले भनिन् ।
त्यसपछि मोहन हतारहतार घर पुग्यो । उसको आमा खाटमा सुतीरहेकी थिइन् । उनको खुट्टा भाँचिएको रहेछ । गाउँमा अस्पताल नभएकोले आमाको उपचार गर्न मोहनले आमालाई शहरमा ल्याउनुपर्ने भयो । तर, ऊसँग पैसा थिएन । त्यसैले उसले गाउँमा आफन्तहरूसँग ऋण लियो । ऋण लिएपछि मोहन आफ्नी आमालाई लिएर काठमाडौं गयो । काठमाडौंमा पुगेपछि वीर अस्पतालमा लगेर जचाउँँन टिकट काट्यो र नाम लेखाएर सम्बन्धित डाक्टरको कोठामा लग्यो । उसले आमालाई अस्पतालमा भर्ना पनि गर्नुप¥यो । औषधिका नामहरू लिएर बाहिर पसलमा गयो ऊ । सबै औषधिका लागि ऊसँग पैसा पुगेन ।
त्यसपछि मोहन काठमाडौं आएर घर बनाएर बस्नु हुने आफ्नो काकाको घरमा गयो । काकीसँग उसको भेट भयो । काकीले भनिन् – “के छ गाउँको खबर ?” उसले भन्यो – “अरू सबै ठिकै छ । आमाको खुट्टा भाँचिएर अस्पतालमा राखेको छु । पैसा नपुगेर काकीसँग सापटी लिन आएको ।”
काकीले भनिन् – “ए नराम्रो भएछ तर मसँग अहिले पैसा छैन , भएको भए दिन्थे ।” त्यसपछि मोहनले भन्यो – “त्यसो भए काकी म अहिले जान्छु अन्त कतै सापटी खोज्छु ।”
त्यसपछि मोहन आफ्नो गाउँको साथीले पैसा सापटी दिन्छ कि भनेर उसको डेरामा गयो । साथीले ऊसँग सोध्यो – “के छ मोहन तिम्रो हालखबर ? के काम परेर काठमाडौं आयौ नि ?”
मोहनले भन्यो – “मेरी आमाको खुट्टा भाँचिएर जचाउँन ल्याएको । आमालाई अस्पतालमा भर्ना गरेको छु । आमालाई औषधि किन्न पैसा नपुगेर सापटी खोज्दै हिँडेको । के तिमीले पैसा सापटी दिन सक्छौ ?”
साथीले किन नसक्नु भनेर उसलाई चाहिने जति पैसा दियो र मोहनले औषधि किनेर लग्यो । केही दिनपछि आमालाई अस्पतालबाट डिस्चार्ज गरी मोहनले आफ्नो गाउँमा लग्यो । गाउँमा पुगेपछि उसकी आमाको स्वास्थ्य पनि राम्रो हुँदै आयो ।
“मेरो साथीले पैसा सापटी नदिएको भए ठूलो आपत आइपुग्ने थियो” उसले साथीको गुन सम्झ्यो । त्यसपछि धेरैलाई भन्न थाल्यो– मान्छे रगतले मात्र आफ्नो हुने होइन आत्मीयताले चाहिँ आफ्नो बन्न सक्छ ।
प्रकाशित: २५ मंसिर २०७७ ०४:५६ बिहीबार