२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

म बेचिय या कविता ?

कविता

 निर्मल रमण पराजुली  

एउटा अँध्यारो कोठा

छरपस्ट सामानहरू

टुटेफुटेको  

एउटा कुर्सी अनि टेबल

त्यसमा

चाउरिएको अनुहार  

न हर्ष न विस्मातका

भावहरू

बोकेर  

एउटा कवि

कविता कोर्दैछ  

अनायास  

ढोकामा ढकढकको  

आवाज सुनिन्छ

कविज्यू

ढोका खोल्नुस् त  

सायद कविका लागि  

परिचित स्वर थियो त्यो

उनी उठेर ढोका खोलिदिए  

एउटा सुटेटबुटेट आकृति  

कोठाभित्र छिर्यो

सय रुपयाको एउटा नोट

कविका अगाडि राखिदिदै  

भन्यो उस्ले  

लौ न मलाई एउटा  

कविता चाहियो  

कविका आँखा त्यो सय रुपयामा  

टक्क अडियो  

उनका आँखा

सङ्गै राखिएको  चुलातिर सोझियो

अनि  

दालचामलका रित्ता बट्टा  

दुईचार दिनदेखि  खान नपाएर  

चाउरिएको पेट  

फेरि एक पटक  

सय रुपयाको नोट हेरे  कविले

अनि

घुटुक्क थुक निले  

मानौ  

आज कविज्यूको अगेना बल्ने भो  

खुशीका हुन् या दुखका

दुई थोपा आँसु  

सेतो पानामा  

टपक्क टप्कियो  

कविज्यूले कलम समाते  

अनि सुरु भयो कबिता

चिसो चुलो भोको पेट  

अनि

स्वाभिमानको छाती

कुनचाहिँ धरौटी राखेर  

म कविता लेखौ !

अनि  

कति दिन  

मेरा आफ्ना भावहरू

सास धान्नका खातिर  

विवशता र बाध्यताको  

बजारमा  

लिलाम गर्दै रहूँ

धिक्कार छ मलाई

मैले मेरै कविता  

मेरो भन्न पाइनँ  

अब भन कविता  

त जन्मिएकामा

खुशी मनाऊ

या  

म मरेकोमा  

दुख मनाऊ ।

प्रकाशित: २४ मंसिर २०७७ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App