क्षितिज दाहाल
ती वीर योद्धा जस्ले,
सानै भए पनि
देश जोडेर गए ।
ती शहीदहरू जो,
आफ्नै घर जोगाउँदा
सहोदरबाटै मारिएर गए ।
त्यस्तै ती अभागी जोईहरू
जो आफ्नै जँड्याहा पोइहरूका लागि
जिउँदै जलेर गए
रुँदा हुन्,
खुनै छाद्ने गरी,
देखेर हविगत हाम्रो
वीरता,
देश प्रेम,
र सदाचारको !
प्रकाशित: १८ मंसिर २०७७ ०५:४२ बिहीबार