१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

घरमा गाँजा भेटिएपछि बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालाका पति-पत्नी नै पक्राउ

तस्बिर : दैनिक भास्करबाट

लागुऔषध घटना अनुसन्धान गर्ने भारतीय निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले बलिउड फिल्म निर्माता फिरोज नाडियाडवालालाई पक्राउ गरेको छ।  

पत्नी शबाना पक्राउ परेको भोलिपल्टै एनसिबीको टोलीले उनलाई पनि नियन्त्रणमा लिएको हो। उनको घरबाट १० ग्राम गाँजा बरामद भएपछि लागुऔषध सम्बन्धमा अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्म निर्माता नाडियावालालाई एनसिबीले अहिले बयान लिइरहेको छ। उनकी पत्नीलाई आजै अदालत पेस गरिँदै छ। त्यसअघि आज बिहान उनको स्वास्थ्य जाँच गरिएको थियो।  

फिरोजकी पत्नीसँगै लागुऔषध कारोबारमा संलग्न अन्य चार जनालाई पनि पक्राउ गरिएको छ। उनीहरूका साथबाट ७१७ ग्राम गाँजा, ७४.१ ग्राम चरेस र ९५.१ ग्राम एमडी तथा नगद बरादम गरिएको एनसिबीले जनाएको छ।  

प्रकाशित: २४ कार्तिक २०७७ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App