सिर्जना पराजुली
बालक छौँ आजका हामी भोलिका कर्णधार
राष्ट्रलाई उज्यालोतिर लम्काउने अभिभारा
बाँचो माटो, अबोध छौँ , सत्मार्ग देखाऊ
असल गुरु, असल सत्कर्मले, आफ्नो नाउँ लेखाऊ
हिँड्नु छ हामी यहाँ धेरै दुखकष्ट खेपेर,
आएन समृद्धि कोखीमा सिद्धान्तका ठेली चेपेर
अघि बढ्नु छ हामी धेरै दुखकष्ट खटेर
नयाँ प्रविधिसँगै, आत्मनिर्भर बन्छौ डटेर।
अन्धकार र कुसंस्कारको जालो फाल्न जान्छौं
कालो बादल पन्छाएर स्वर्णिम दियो बाल्छौँ
आजैदेखि राम्रो काम गर्नुपर्छ हामी
डाक्टर, पाइलट, शिक्षक अन्य बन्नुपर्छ हामी।
दुर्गम क्षेत्र अशिक्षाले उजाड बन्दै गए
जसका छैनन् बाबाआमा ती त कठै भए
सभ्य बन्छ समाज हाम्रो, दिन सक्यौँ भने कर्म
साना नानी पठाऊ स्कुल यही हो ठूलो मानव धर्म ।।
अपूरै छन् संविधानमा बालअधिकारका ठेली,
सहारा पाउने आशमा बेचिन्छन् यहाँ कैयौं चेली
फोहोर बटुल्न नपरोस् है आँसु चुहाउँदै
कति हिँड्छौं शाषक बनी निमुखाको मन रुवाउँदै।
मैदानमा आएपछि जितहार, स्वीकार्छौँ
जन्मसिद्ध अधिकार नपाउँदा धिक्कार्छौँ
सबैको भलो होस् भन्ने मेरो चाहना
ढिल छाडेर नबसौँ है मेरो शुभकामना ।
प्रकाशित: २८ भाद्र २०७७ ०८:४० आइतबार