गंगा दाहाल न्यौपाने
१
मृत्यु घुम्छ चारैतिर, त्रास फैलिरहेछ
अनिकाल भो चारैतिर , आश मैलिरहेछ
नभएको खुशी देखाउँ मैले कसो गरी
फुलिरहने गुराँस आज, किन ओइलिरहेछ ।
२
दिन बिते रात बिते महिना कति बिते
हिउँद ग्रीष्म ऋतुहरू कति बितेबिते
मान्छेमान्छे बिचको दूरी किन बढ्दै गाको
दिन फिर्छ भन्दाभन्दै बाबुबाजे बिते ।
३
बढ्दो चिन्ता सबका मनमा छ, सुन्छ कसले
कालोमैलो बोकेर मनमा कान, थुन्छ उसले
हुन्छ त्यही निस्वार्थी जगतमा, सत्ता हात नपरे पनि
नबसौं अर्काको मुख ताकी भनी, आँट्छ जसले ।
४
दुःखी जो छ त्यो, दुखमै मर्छ
यस्तै चाला रहे, अझै धेरै वर्ष
भेट्न गाह्रो छ यहाँ, शुद्ध देशभक्त
स्वार्थ फालेर आफै जुट्नुपर्छ ।
५
चिन्ता मात्र बोकेर नबसौं, खाली
जुटौं एक भएर रिसराग, फाली
रोएकी जननीको आँसु, पुसेपछि
सब देशवासीको पाइन्छ, ताली ।
प्रकाशित: २४ भाद्र २०७७ ०७:५९ बुधबार