२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पुरस्कार

लघुकथा

लीलाराज दाहाल

 

भदौ महिनाको २२ गते ! सरकारले धूमधामका साथ निजामती सेवा दिवस मनाइरहेको थियो । देशभरिबाट छानिएका इमान्दार कर्मचारीहरुलाई पुरस्कार वितरण गर्न प्रधानमन्त्री आफैं आएका थिए । केही कर्मचारीहरू इमानदारिताको खादा ओढेर प्रधानमन्त्रीको हातबाट पुरस्कार थाप्न व्यग्र भएर पर्खिरहेका थिए ।

कार्यक्रम भव्यतापूर्वक चलिरहेको थियो । शिवप्रसाद र गोपालबहादुरले पनि उत्कृष्ट कर्मचारीका रूपमा प्रधानमन्त्रीको हातबाट पुरस्कृत हुने सौभाग्य पाए ।

मन्तव्यका क्रममा अतिथिहरूले जोडदार मन्तव्य व्यक्त गरे । पुरस्कार छनौट समितिका पदाधिकारीहरूले पनि पहिले पहिलेका कमीकमजोरीलाई सच्याएर यो पटक असाध्यै इमानदार, कर्तव्यनिष्ठ र दक्ष कर्मचारीहरुलाई पुरष्कारका लागि सिफारिश गरिएको दावी प्रस्तुत गर्दै थिए ।

कार्यक्रमका अन्य वक्ताले पनि निकै इमानदार कर्मचारीलाई पुरष्कृत गर्न पाइएकोमा खुशी व्यक्त गर्दै आफ्नो मन्तव्य टुंग्याए । कार्यक्रमका आयोजकमध्येका एक अतिथिले माइकअघि उभिएर शानदार मन्तव्य व्यक्त गरे, तपाईं पुरष्कृत हुनुहुने कर्मचारीहरूको इमानदारिताबाट यो सरकार गद्गद् भएको छ । तपाईंहरूले यसै गरी देशको सेवा गर्नु होला । यस्तै कर्मचारी हुने हो भने यो देश दश वर्षमा धेरैमाथि पुग्नेछ । यति भन्दै ...!’ 

तर शिव र गोपालको अनुहारमा खुशीको दियालो धेरैबेर बल्न पाएन ।

रिसवत लिएको आरोपमा अख्तियारबाट खटिएका प्रहरीहरूले कार्यक्रमस्थलमै आएर उनीहरूलाई हत्कडी लगाए ।

प्रकाशित: २३ भाद्र २०७७ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App