सानु शर्मा
आफ्नाले नै पीर दिन्छन् आफ्नाले नै चोट दिन्छन् ,
पराईहरूले बरु हजुर सान्त्वनाको अठोट दिन्छन् ।
दिनानुदिन झगडा गर्छन् सानोतिनो विषयमा,
मलाई बीचमा राखी सुकाइ मेरै ओठ दिन्छ्न् ।
वर्षौ वर्ष बित्न थाल्यो हरदिन कलहको हुण्डरीमा,
कहिले कुनलाई कहिले कुनलाई अनेक खोट दिन्छन् ।
न सम्झाउन सके मैले न बुझाउन सके चित्त यिनको
दुई पाङ्ग्रा एक रथका हुन् सोची न त सपोट दिन्छन् ।
प्रकाशित: २३ भाद्र २०७७ ०८:१४ मंगलबार