२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

बेइमानी र बेइमानहरू

निबन्ध

विद्याप्रसाद घिमिरे

बेइमानीका अनेकौं रुप छन्, बेइमानको सङ्ख्या दिनानुदिन बढिरहेको छ । बेइमान र बेइमानीका कुरा गर्नुअघि कस्ता व्यक्ति बेइमान हुन्, र के कस्ता क्रियाकलाप बेइमानीको परिभाषामा समेटिन्छन् जानी राखौं । समाजद्वारा निर्धारित इमानको सीमालाई उल्लंघन गरी अरुलाई धोका दिने मानिस बेइमान हुन् भने उनीहरूको कृत्य बेइमानी हो । मानिस बेइमान हुनुमा फट्याइँ र धुत्याइँको ठूलो हात छ, जसमा स्वार्थ र डरको प्रधानता रहन्छ । स्वार्थ्य र डर नभएको मानिस बेइमान हुँदैन, र यस्तो मान्छेले कसैप्रति बेइमानी गर्दैन भन्ने सामान्य मान्यता छ । मानिसले कस्तो भाव लिएर काम गरेको छ, त्यो अर्को महत्वपूर्ण पक्ष हो । काम गर्दा मानिसले कुन नियत राखेको छ, यसले पनि बेइमानीको स्वरुपलाई निर्धारण गर्दछ ।  

आफ्नो स्वार्थका लागि वा अरुले आफूमाथि पुर्याउने हानीको डरमा परेर अरुको अधिकारमाथि कुठाराघात गरिन्छ भने यस्तो कार्य पूर्णतः बेइमानी हो । तर कुनै बेला अधम प्रवृत्तिका मानिसलाई नीतिमा हिँडाउन पिन मानिसले फट्याइँ, धुत्याइँ र चातुर्यको सहारा लिई बेइमानीजस्तै क्रियाकलाप गर्छन् । अरुलाई सुधार्ने नियत राखी गरिएका यस्ता कार्यलाई भने बेइमानी नभनेर नैतिक दवाव वा मनोवैज्ञानिक दवाव दिएको मानिन्छ । अब केहीबेर कस्ता कार्य बेइमानी हुन् र के कस्ता कार्यहरू नैतिक दवावको परिभाषामा समेटिन्छन् भन्ने चर्चा गरौं ।      

उमेरले पाका मेरा एक छिमेकी ज्योतिष पेसामा छन् । उनको घरमा हात हेराउन आउने, चोरीको सामान पत्ता लगाइदिनु प¥यो भन्दै धाउनेहरू मैले प्रशस्त देखेको छु । जब म केही बुझ्ने भएँ, ज्योतिषबारे जान्ने इच्छा जाग्यो । केही समयभित्रै ज्योतिषका सम्बन्धमा केही महत्वपूर्ण तथ्यहरू सङ्कलन गर्न म सफल भएँ । एक दिन उनीसँगको भेटमा ज्योतिषसँग सम्बन्धित केही प्रश्न राखेँ । उनमा ज्योतिषको सामान्य ज्ञानसमेत नरहेको पाएर म चकित भएँ । उनीप्रति आशङ्का उब्जियो ।  

एक दिन एकान्तमा भेटेर आजसम्म उनले दुनियाँलाई धोका दिएको र मानिसलाई बेइमानीपूर्वक ठगेको पोल सार्वजनिक गर्ने धम्की दिएँ । गोप्यता खुले भोलिदेखि उनको पेसा धरापमा पर्ने निश्चित थियो । मेरो कुराले उनी आत्तिए । साथै यस किसिमको ठगी धन्दामा आफू मात्र नभएको प्रस्ट पारे । मेरो सामु लाचार बनेका उनले यसको गुह्य बताउने र संलग्न रहेकाहरूको रहस्य जानकारी गराउने वचन दिए ।  

उनले भोलिपल्टै मलाई आफूले धन्दा चलाएर दिन बिताउने स्थानमा लिएर गए । म अपरिचितझैँ गरी उनकै निर्देशनमा केही दूरीमा बसी गतिविधि नियाल्न थालेँ । त्यहाँ लगभग उस्तै पोसाक लगाएका समान उमेरका ८(९ जना पात्रोको झोला र छाता बोकेर पहिले नै जम्मा भइसकेका थिए । बिहानको झन्डै ९ बजे काठमाडौंको व्यस्त सडकको छेउमा छाता खोलेर ती सबैले भविष्यवाणीको पसल थापे ।  

आवतजावत बढेपछि बटुवाहरूलाई आकर्षित गर्नका लागि उनका साथीमध्येबाटै ४(५ जना उनको छातावरपर जम्मा भए । त्यहाँ एक किसिमको भीड लाग्यो । सुरुमा एउटा साथीले हत्केलामा पचासको नोट राखी उसको अघिल्तिर तेर्स्यायो । पचासको नोट राख्नुको अर्थ रेटबारे सबैलाई जानकारी गराउने मनोवैज्ञानिक उपाय थियो । उनले अभिनय गर्दै आफ्नै समूहको साथीसँग राशी, जन्ममहिना जन्मबार आदि सोधे र भविष्य बताउन थाले । निधारमा ठाडो टीका लगाएर कट्टर धार्मिक देखिने र उमेरले पाका मानिसहरू एकै ठाउँमा जम्मा भएको देखेपछि बाटो हिँड्नेहरूको नजर उनीहरूमाथि पर्नु स्वाभाविक नै थियो ।  

बाटो हिँड्नेहरू कोही त्यहाँको गतिविधि नियाल्दै अघि बढे, कोही त्यहीँ बसेर भविष्यवाणी सुन्न थाले । जब एक(दुई गर्दै बाहिरका मानिस थपिए, हात देखाउने साथी उत्साहित भएर प्रश्नमाथि प्रश्न राख्न थाल्यो । मेरो छिमेकी पनि के कम, फटाफट उत्तर दिँदै गए । विगत र वर्तमान सबै मिलेको हुँदा भविष्यवाणी पनि मिल्न सक्ने सङ्केत देखिएको भन्दै हात देखाउनेले अनुहारमा अपार सन्तुष्टि देखायो र त्यहाँबाट उठ्यो । त्यसपछि त्यहाँ हात देखाउनेहरूको तँछाडमँछाड चल्यो । भीडभाड भएको देखाउन सुरुदेखि त्यहाँ जम्मा भएका उसका साथीहरू आफूलाई हतार नभएको देखाएर अरुलाई हात देखाउन इशारा गर्दै बसिरहे ।  

अब भने ग्राहक लुटिने क्रम सुरु भयो । एक लक्का जवान हात देखाउन अघि बढ्यो । उसले बीसको नोट अघि बढायो, सबै गलल हाँसे । पहिला नै पचासको नोट देखेर पनि बीसले काम चलाउने उद्देश्यले उसले बीस मात्र  राखेको थियो, सबै हासेपछि लाजले भुतुक्क भयो र पचास नै झिक्यो । मानिसलाई सजिलै आकर्षित गर्ने र रेटसमेत बताइरहनु नपर्ने गरी तिनीहरूले भीडमाथि पारेको मनोवैज्ञानिक प्रभाव देखेर म पनि प्रभावित भएँ ।  

मेरा छिमेकीले ग्राहकलाई भन्न थाले ‘तपाईंले निकै दुःख पाउनु भएको रहेछ, धेरै दुःख गर्नुभयो । अब भने तपाईंको दुःख सकिएको हातको रेखाले बताउँछ ।’ हात देखाउने निकै सन्तुष्ट देखियो । आजसम्म कुन मानिसले कहिले सुख देखेको छ र रु सुखी मानिस त्यसरी बाटोछेउको तथाकथित ज्योतिषको अघिल्तिर हात देखाएर आफ्नो लाचारी प्रदर्शन गर्दैन । यस्ता मनोविज्ञानबारे राम्रो अनुभव सँगालेका उनीहरूले मानिसलाई झुक्याउन खासै परिश्रम गरेको मैले देखिन ।

त्यसको लगत्तै हात हेराउन अर्को बस्यो र पचासको नोट राखेर ‘यसपटक म विदेश जान्छु कि जान्न रु’ भन्दै सोध्यो । ‘यसपटक’ भन्ने शब्दलाई ध्यानपूर्वक सुनिरहेका ज्यातिषले यसले त पहिला पनि कोसिस गरेको रहेछ भनी बुझिहाले । त्यही शब्दलाई आधार मानेर उनले झटारो हाने ‘तपाईं विदेश उड्ने पक्का भइसक्यो, ल बाबुले पहिला पनि धेरै कोसिस गर्नुभएको देखिन्छ, धेरै नै हण्डर झेल्नु भएको रहेछ । तर दिन नआएपछि के लाग्नु रु अब भने कसैले रोकेर रोकिन्न शत्रु सबै नास भइसके ।’ उसले कसैलाई शत्रु ठानेको हुँदो हो, अब भने त्यो शत्रुको पनि केही नचल्ने भो भन्ने मनमनै सोच्यो र प्रफुल्ल भयो ।  

अनि गुरु मेरो बिहे कहिले हुन्छ नि रु अर्को प्रश्न सोध्यो, ज्योतिषले ठाने, ‘यो बजियाको बिहे नै भएको रहेनछ ।’ अनि उनले भविष्यवाणीको सूत्र प्रयोग गरे, ‘सुन्नुहोस् बाबु १ विदेशबाट फर्किएपछि बिहे गर्नु उत्तम योग छ । तपाईंले एउटीलाई मन पराउनु भएको रहेछ, उसको मन पनि तपाईंतिरै छ । धन्दा मान्नु पर्दैन । तपाईंले चाहेकै केटीसित बिहे हुन्छ ।’ जवान केटो बिहेको कुरो उठाई सकेपछि कोही केटीलाई त पक्कै मन पराएको होला भन्ने सोचमा उनले हचुवामा दागेको गोली ठाउँमै लागेछ, केटो खुसीले बुद्रूक्क उफ्रियो र अर्को दशको नोट थपिदिएर मुसुमुसु हाँस्दै बाटो लाग्यो ।  

मानिसलाई कहाँ जबरजस्ती लुट्नु पर्ने रहेछ र रु आफै पासोमा ठोक्किन आइपुग्ने रहेछ । आफूलाई सभ्रान्त र सुखी ठान्ने ३५ कटेका एक जना पनि त्यहाँ दुखेसो पोख्न आएको मैले देखिनँ । सोझा र दुःखीजनलाई अझ दुःखी बनाएर तिनको रोजगारी चलेको देखेँ । यो भविष्यवाणी नमिले पीडितले कहाँ पुगेर के उजुर गर्ने रु भविष्यवक्तालाई सिधै भेटेर पीडितले कुरो राखेमा मैले कहाँ, कुन दिन भने रु त्यसै प्रमाणबिना दोष दिने, भन्दै पीडितलाई उल्टै तल खसालेर मज्जाले पन्छिन मिल्ने, यस्तो पो पेसा ।  

केही समयपछि भीड कम भयो । केहीबेरमा मेरा ती छिमेकीसहित अरु ३(४ जना साथी अर्को छातामुनि पुगे । उनीहरूले बाटो हिँड्नेहरूलाई फेरि उही चर्तिकला देखाउन थाले । मान्छे उसै गरी आकर्षित हुँदै गए । केहीबेर बसेपछि म त्यहाँ बसिरहन सकिनँ । साँझ घर आएपछि ती भद्र मलाई भेट्न आए । कस्तो मानिसको अनुहार कुन विधि अपनाएर पढ्ने र उनीहरूको प्रश्नबाट के कस्तो रहस्य बुझ्न सकिन्छ भन्ने विषयमा थप जानकारी गराए । साथै हात देखाउनेको कुन संवेदनामा प्रहार गरी कस्तो मनोवैज्ञानिक तरिकाबाट भविष्य बताउँदा उसलाई खुसी बनाउन सकिन्छ भन्ने पनि बताए । दिनभर उठेको पैसा साँझमा सबैले दामासाहीमा बाँड्ने र सुरुमा मानिसलाई आकर्षित गर्न दिएको पचास रुपैयाँ भने केहीबेरमा उसैसँग हात देखाउन जाँदा सोही नोट राखेर हात देखाई फिर्ता गर्ने चलन रहेको प्रस्ट पारे  ।  

पूरै निधार भरिने गरी ठाडो टीका लगाएका, गलाभरि रुद्राक्षको माला भिरेका, हातमा कपडाको झोला र छाता बोकेका, जुनसुकै समय माला घुमाइरहने पाको उमेरका यी मानिसले अरुलाई ठग्लान् भनी पत्याउन गाह्रो पर्छ । तर यस्तै भेषभूषाले अरुप्रति बेइमानी गर्न उनीहरूलाई सुविधा मिलेको छ । यदि यस्तो हुलियामा नबस्ने हो भने सबै मिलेर आफूलाई त्यहाँबाट लखेटछन् भन्ने यिनलाई राम्रो थाहा छ । टीका, सुरुवाल–कमिज र इष्टकोटको भेषभूषा अनि रुद्राक्षको मालाले नै उनीहरूको कामप्रति दुनियाँले विश्वास गर्ने वातावरण बनेको छ । यो ठाडै ठगी हो र उच्च कोटीको बेइमानी हो । तर कसैप्रति जबरजस्ती गरेको नदेखिने र स्वेच्छापूर्वक मानिस आकर्षित हुने यस धन्दामा यिनलाई मात्र दोषी मान्न मिल्ने कि ठगिनेलाई पनि दोषी मान्ने भन्नेमा वहस हुन सक्छ ।  

कुनै घटनामा एक पक्षले अर्को पक्षलाई बेइमानीपूर्वक ठगी ग¥यो भनी उजुर पर्छ । छानविन गर्दै जाँदा दुवै पक्ष बराबर दोषी देखिन्छन् । प्रकृतिले नै मानिसलाई आफ्नो ठूलो गल्ती पनि सानो देख्ने र अरुको सानो गल्तीलाई ठूलो देख्ने बनाएको छ । यही प्राकृतिक फाइदा उठाएर मानिसहरूले मज्जासँग बेइमानीको धन्दा चलाइरहेका छन् । अरुलाई बेइमान भन्नेहरू नै अरुले गरेभन्दा ठूलो बेइमानी गर्दै समाजलाई उल्लु बनाएर आफ्नो स्वार्थ्य पूरा गरिरहेका हुन्छन् । समाज कसरी यिनको धुत्याइँमा फस्छ र लुटिन्छ भन्ने एक(दुई घटना यहाँ राख्न चाहन्छु ।  

एउटा गाउँमा साधु महाराजको प्रवचन चल्दै थियो । यस्तै ठाउँमा बेइमानहरूले आफ्नो धन्दा फैलाएका हुन्छन् । कारण त्यहाँ जम्मा भएका सोझा मानिसमा ईश्वरीय शक्तिप्रति अगाध श्रद्धा हुन्छ र उनीहरू दैविक चमत्कार अद्भूत हुन्छ भन्नेमा अन्धभक्त हुन्छन् । यस्ता ठाउँमा बेइमानहरू साधुको भेषमा घुम्छन् । त्यहाँ उनीहरूले कतिबेला कसलाई अध्यात्म र धर्मको जालमा फसाएर लुट्छन् कसैले भेउ पाउन सक्दैन । यही प्रवचनस्थलमा एक छद्मभेषी हातमा त्रिशूल, डमरु र पत्थरको शिवलिङ्ग लिएर नानाथरीका मन्त्र फलाकेर घुम्दै थियो । “लौ हेर्नुहोस् प्रभुको लीला, प्रभुको यो अपरम्पार लीलाबाट लाभ उठाएर जानुहोस् । प्रभुले आज अनौठो चमत्कार देखाइरहनु भएको छ । तपाईँले यो शिवलिङ्गमा एकसय चढाउनुभयो भने तत्कालै भगवानले दुई सय बनाएर फर्काउनुहुन्छ, हजार राख्नुभयो भने दुई हजार बन्छ । तपाईँले जति राख्नुहुन्छ त्यो दोब्बर बन्छ । तपाईँमध्ये जसले पनि भगवानको कृपा प्राप्त गर्न सक्नुहुन्छ । यो साधुलाई कसैको एक पैसो चाहिँदैन । मलाई ईश्वरले नै प्रशस्त दिनुभएको छ । तर भगवानबाट एक जनाले दुई पटकभन्दा धेरै कृपा पाउन सक्दैन । भगवानप्रति शङ्का गर्नेलाई उहाँले हेर्नुहुन्न । ल आउनुहोस्, ईश्वर कृपा लिएर जानुहोस् ।”

आखिर प्रवचनमा जतिसुकै त्याग र निःस्वार्थ्यका कुरा सुनेपनि ‘धन भनेपछि महादेवका तीन नेत्र’ भनेझैँ प्रवचनमा आएका केही मानिस छद्मभेषीको वरिपरि झुम्मिन थाले । सुरुमा एउटाले डराउँदै दशको नोट शिवजीमा अर्पण ग¥यो । छद्मभेषी साधुले त्यो हातमा उठायो र हेर्दाहेर्दै सबैका सामुन्नेमा दशका दुई वटा नोट फर्काइदियो । देख्नेहरू प्रभावित भए । दुई पटकभन्दा बढी कृपादृष्टि हुँदैन भन्ने सुनेको उसले तुरुन्तै पाँच सयको नोट चढायो र उही प्रक्रियाबाट दुई वटा पाँच सय प्राप्त ग¥यो । उसको पालो सकियो तर पहिलो पटक दश रुपैयाँमात्र चढाएर गल्ती गरेकोमा उसको अनुहारमा पश्चाताप देखियो । पाएको पैसा खल्तीमा हाल्यो र तमासा हेर्न थाल्यो । त्यसपछि कसैले पाँचसय, कसैले हजार गर्दै पालैपालो पैसा चढाउन थाले र दोब्बर लिँदै गए । केहीक्षणमा बाँकी कृपा भोलि लिनुहोला, आज भगवानको पूजा गर्न हतार भयो भन्दै छद्मभेषीले शिवलिङ्ग उठायो र हिँड्यो ।  

ऊ हिँडेपछि आएकाहरू ईश्वरीय अनुकम्पाबाट आफू वञ्चित रहेकोमा पश्चाताप गर्न थाले । उनीहरूलाई प्रभुको कृपा नबिराई विस्तुर लगाउनेमध्ये एउटाले भगवानले दिएको भन्दै खल्तीबाट पैसा निकालेर थ्याच्चै भुइँमा बस्यो । के भएछ भनी हेर्दा त उसले भगवानलाई चढाएको नोट र भगवानबाट उसले पाएको नोट गरी दुवै नोट फोटोकपी कागजको टुक्रोमा परिणत भएको देखियो । यसरी पनि लुट्नु १ यो त अति भयो । त्यहाँ उनीहरूले अभिभावक मानेका साधु महाराज प्रवचन गर्दै थिए । पीडितले उनीसामु उजुर गरे । महाराजलाई धुँवादार प्रवचन ठोक्ने विषय जु¥यो । उनले सबैलाई यस्तो चक्करमा पर्न नहुने बताउँदै जे भयो नराम्रो भयो अब पछुताएर काम छैन भनेर प्रवचन अघि बढाए । साथै उनले पीडितहरूलाई सम्झाउँदै, ‘ऊ ठग थियो, यसमा कुनै सन्देह छैन । तर, जसले आफ्नो पैसा दोब्बर बनाउन पैसा चढाए उनीहरूलाई पनि सज्जन भन्न मिल्दैन । कसैको खल्तीबाट उसले जबरजस्ती पैसा लिएको होइन, स्वेच्छले नै उसलाई पैसा बुझाएको हो । तिमी आफ्नो रकमलाई दुई गुणा बढाउन पाइन्छ, उसलाई ठाग्न पाइन्छ भनी मनमा बेइमानी बोकेर त्यहाँ गएका थियौ । उसले कहाँबाट ल्याएर दिन्छ दोब्बर तिमीलाई रु यसबाट तिमी मात्र दूधले नुहाएको असल चरित्रको मानिस होइनौ भन्ने पुष्टी हुन्छ । त्यसैले यो विषयलाई यहीँ बन्द गर र प्रवचनलाई अघि बढाउन देऊ’ भने ।    

प्रवचनको त्रिपालभित्र माला पहिरिएका यी साधुले त्यहाँ उपस्थित सबैलाई संसारबाट विमुख हुने कला सिकाए । धनसम्पत्ति, पद, आफन्त केही आफ्नो होइन, मानिसको वास्तविक चरित्र भनेको त्याग हो । यस लोकमा छँदै प्रभुका लागि जसले जति त्याग गर्छ उसले अर्को लोकमा दोब्बर पाउँछ भन्दै परलोक सुधार्ने उपाय बताए । त्यहाँ उपस्थित सबैले पैसा र धनसम्पत्ति यसलोकमा नचाहिने तर अर्को लोकमा नभई नहुने चिज रहेछ भन्ने बुझेर साथमा भएको सम्पत्ति त्याग्दै परलोकको बाटो सुरक्षित गर्नपट्टि लागे । तर त्याग्ने कता, त्याग गरेको सम्पत्ति कहाँ दान गर्ने रु सबै असमाञ्जसमा थिए । यस्तैमा ती महाराजले बडो उत्तम जुक्ति बताउँदै दानका लागि उनको छेउमा रहेको दानपेटीका देखाए ।  

नौ दिनसम्म परलोक तार्ने डुँगारुपी दानपेटीकामा जम्मा भएको रकम लिएर साधु त्यहाँबाट हिँडे । छद्मभेषीले क्षणको क्षणमै दोब्बर पारेर क्षणिक शान्ति त दिएको थियो, यिनले त परलोकमा दोब्बर हुने कला सिकाएर हिँडे । अब यिनले गरेको बेइमानीमा उजुर गर्न कहाँ जाने रु यही लोकमा बसिरहे पो उजुर गर्नु, परलोक नै गइसकेपछि परलोकमा दोब्बर पाइएन भन्दै को आउने उजुर गर्न रु आखिर जसरी लुटे पनि सोझा जनता नै लुटिने हो ।  

यसरी आफू बाँच्दै आएको भौतिक जगतमा दिनरात आवश्यक पर्ने धन सम्पत्तिलाई तुच्छ भनी कहिल्यै नदेखिएको स्वप्न संसारलाई सुन्दर बनाउने लोभ देखाएर बाठाटाठाले लुटिरहेका छन् र जनता लुटिँदैछन् । मृत्युपछिका दिन उज्यालो हुने आशामा जीवन अन्धकार बनाइरहेका छन् । यसरी धर्मको आडमा लुट्ने पनि बेइमान नै हुन्, यसमा सन्देह छैन । तर अनौठो के भने केहीबेर अघिसम्म अर्काले लुटेकोलाई बेइमानी भन्ने साधु महाराज नै केही फरक शैली अपनाएर आफै लुटिरहेका हुन्छन् । लुटाइ उही हो, तरिका उही हो, केवल शैलीमात्र फरक।यसैमा हामी दिग्भ्रमित हुन्छौं । परलोक जाने बाटो सुध्रने सुन्दर परिकल्पना बाँडेर साधुको खोल ओढेका बेइमानले यहाँका दुःखी र निमुखालाई अझ पीडा दिने खेल भइरहेको छ तर यो सब हेरिदिने कसले रु

यस्ता कर्ममा लाग्ने सबै बेइमान र ठग हुन् भन्ने आशय होइन । एक(दुई जनाले धर्मको नाममा प्रवचन गरी ठूलै धनराशी सङ्कलन गरेका छन् र उठेको रकममध्ये केही प्रतिशत पारिश्रमिक लिई बाँकी रकम सार्वजनिक हितमा लगाएका उदाहरण प्रशस्त छन्, जुन सराहनायोग्य कार्य हो । तर, यसमा आपत्ति के भने केही प्रवचनकर्ताले उठेको रकमबाट निश्चित प्रतिशतमा पारिश्रमिक लिने हुँदा प्रतिशतको लोभमा आममानिसलाई दानवीर हुन उक्स्याइरहेका हुन्छन् ।  

सामर्थ्य हुनेले दान दिनु राम्रो हो, जुन रकमले सार्वजनिक काम बन्छ, समाज सेवा हुन्छ । यद्यपि त्याग र दानको कुरो गर्दा दाताको हैसियत पनि हेर्नुपर्ने हुन्छ । सोझा जनता एकाएक दानमा हौसिने र भएको सबै गुमाउँदा भोलिपल्टदेखि उनीहरूको स्थिति जुवामा हारेको जुवाडेसरह भएको देखिन्छ । दानवीर भएकै कारणबाट जहानबच्चाको विचल्ली भई दाताराम आफै कचौरा लिएर भीकमा जीवन गुजारा गर्नुपरेको उदाहरण समाजमा प्रशस्तै छन् ।

कचौराको प्रसङ्गले केही समयअघि पढेको एउटा बेइमानीको घटना सम्झायो । कुनै टोलमा नयाँ मानिस भाडामा बस्न आयो । ऊ हरेक महिनामा डेरा बदलिरहन्थ्यो । ऊ बसेको घरमालिक त्यस्तै ६५ वर्षका वृद्ध थिए । पत्नीको देहान्त भइसकेको, छोरीहरू बिहे गरी आ–आफ्नो घर गइसकेका र भएको एउटा छोरो पनि बिहे गरेर पत्नी च्यापी परदेश लागेको हुँदा बूढा एक्लै थिए । ऊ त्यहाँ आएपछि घरमालिक र टोलवासीको आनीबानी र व्यवहार बुझ्न सुरु ग¥यो । केही दिनमा उसले घरमालिकको लोभी चरित्र थाहा पायो । एकदिन बिहानै ऊ घरमालिकको ढोका ढक्ढकाउन पुग्यो र घरबेटीसित एउटा कचौरा माग्यो ।

घरमा बस्नेलाई गाह्रोसाह्रोमा सघाउनु मानवीय घर्म ठानी बूढाले कचौरा दिएर पठाए । भोलिपल्टै उसले दुईवटा कचौरा फिर्ता गर्दै भन्यो, “हेर्नुहोस् त बा १ राती कचौराले बच्चा जन्माएछ आखिर यही कचौराले जन्माएको बच्चा हो मैले राख्न उचित छैन भनी माउबच्चा दुवै ल्याइदिएको छु ।” एउटा कचौराको बदला दुइटा कचौरा भेटेका लोभी बूढाले दङ्ग पर्दै दुवै कचौरा राखे । केही दिनपछि एउटा डेक्ची माग्यो, बूढाले खुसी हुँदै डेक्ची दिएर पठाए । भोलिपल्ट दुई वटा डेक्ची ल्याएर दियो । बूढाले हाँस्दै सोधे, “आज पनि डेक्चीले बच्चा जन्मायो कि १” “हो त १ अब बा पनि कुरो बुझ्ने भइसक्नुभयो १ यहाँ आएपछि अनौठो, अनौठो भइरहेको छ । आज यसले पनि बच्चा जन्माएछ । यसैको बच्चा हो भनेर ल्याइदिएँ ।” उसले भन्यो ।

यसै गरी केही दिन उसले कहिले यो, कहिले त्यो सामान लैजाने र दोब्बर फिर्ता ल्याउने गरिरह्यो, बूढा दङ्ग परिरहे । एक दिन उसले गाउँबाट मेरी पत्नी आफन्तको बिहेका लागि आएर बिहे घरतिर बसेकी छ, बिचरा उसको बिहेमा लगाउने गहना नै छैन । छरछिमेकमा मुख देखाउनै लाज हुने भो, गहना भए म केही दिनमा फिर्ता गर्ने थिएँ भन्दै बूढासित गहना माग्यो । बूढाले यो गहनाले पनि बच्चा पाउँछ भन्ने लोभमा हतारिँदै बुहारीका गहना झिकेर दिए । गहना लिएर गएको केटो चार दिन बितिसक्दा पनि नआएपछि बूढा आफै उसको कोठामा पुगेर गहना मागे । उसले “सबै गहना राती नै मरेकोले भर्खर जलाएर सतगत गरी फर्केको” जवाफ दियो ।  

यो सुनेर बूढाको होस गुम भयो । एकछिनमा रन्किँदै बूढा कराउन थाले “गहना पनि मर्छ रु नचाहिने कुरो गरेर मलाई ठग्न खोज्ने रु अहिले नै सारा मान्छे जम्मा गरौं ।” बूढाको प्रतिकारमा उसले शान्त भएर भन्यो “होइन बा १ स्टिलको कचौरा, डेक्ची, तामाको ताउलो, पित्तलको गाग्रीले बच्चा जन्माउन हुँदा सुनको गहना मर्न किन नहुने रु संसारमा जसको बच्चा जन्माउने सामर्थ्य छ त्यसको मृत्युपनि हुन्छ भन्ने तपाईंलाई थाहा छैन । तपाईंको फाइदाका लागि सबै चिजवस्तुले सधैँ बच्चा जन्माई रहनुपर्छ भन्ने छ ।” यो सुनेपछि बूढा झन् चिच्याउन थाले, “यो मान्छेलाई राम्रो सोचेको त एक नम्बरको ठग रहेछ ।  

“जसलाई बोलाउन मन छ बोलाए हुन्छ बा । म बेइमान हुँ भने तपाईं मात्र कुनै शुद्ध चरित्रको मानिस होइन बुझ्नुभयो । यो कुरा म सबैका सामुन्ने भन्न सक्छु । आजसम्म भाँडाकुडाले बच्चा पायो भनेर दिँदा हल्ला नगरी चुपचाप राख्ने तपाईं नै होइन रु त्यतिबेला भाँडाकुँडाले बच्चा जन्माउँदैन रु त्यसैले म आफ्नो भाँडामात्र लिन्छु बच्चा जन्माएको भए तिमी नै राख भनेर तपाईंले किन भन्न सक्नुभएन रु अहिले गहना मर्दाचाहिँ यत्रो कोकोहोलो १ आफूलाई मात्र बाठो ठान्नुहुँदो रहेछ ।”

अब मानिसलाई मनोवैज्ञानिक वा नैतिक दवावमा परेर कसरी सुधार्ने भन्ने सम्बन्धमा एउटा उदाहरण प्रस्तुत गर्दैछु । एक धनपतिले अकुत सम्पत्ति थुपारेको थियो । परिवार कोही नभएको हुँदा भएको सबै सम्पत्तिलाई एउटा कपडामा पोको पारेर सधैँ साथमा लिएर हिँड्थ्यो । जवानी उसको पैसा थुपार्दैमा बित्यो । जब वृद्धावस्थामा पुग्यो, चिन्तित देखिन थाल्यो । उसको चिन्ता देखेर कुनै शुभेच्छुकले नजिकैको गाउँमा आश्रम बनाई बसेका भिक्षुलाई भेट्न सल्लाह दिए । भिक्षुले दुःखबाट पार लगाइदिने आशामा घोडा चढेर ऊ भिक्षुको आश्रम पुग्यो । धनको पोको छेउमा राखेर एक्कासि भिक्षुको पाउमा लम्पसार परी दुःख पोख्न थाल्यो ।

भिक्षुले दायाँबायाँ कतै नहेरी उसको पोको टिपेर टाप कसे । ऊ आश्चर्य मानेर केहीबेर भिक्षुको यो अनौठो व्यवहार हेरिरह्यो । एकैछिनमा ऊ रुँदै र चिच्याउँदै भिक्षुको पछिपछि दौडियो । भिक्षु नजिकैको गाउँमा पसे । गाउँको हरेक चोक र गल्लीसँग परिचित भिक्षु गल्लीगल्ली पस्दै दौडिए, भिक्षुको पिछा गर्दै ऊ पनि दौडियो । उसले भिक्षुलाई चोरीको आरोप लगायो । भिक्षुको भेषमा लुकेको त्यस चोरलाई पक्रिएर सहयोग गरिदिन गाउँलेहरूसँग उसले याचना ग¥यो । तर भिक्षुको चरित्र बुझेका गाउँलेहरुले भिक्षुले कुनै मूर्खलाई शिक्षा दिन लीला देखाएको बुझेर हेरिरहे ।

केहीबेरमा भिक्षु पसिनाले निथ्रुक्क भएर आश्रम फर्किए र सम्पत्तिको पोको घोडाको अघिल्तिर फ्याँकिदिए । सम्पत्तिको मालिक पनि हस्याङ्गफस्याङ्ग गर्दै त्यहीँ आइपुग्यो र पोकोलाई छातीमा टाँस्यो । उसको रोदन एकाएक मुस्कानमा बदलियो, अनुहारमा सन्तुष्टी र आनन्द नाँच्यो । यो अवस्था नियालिरहेका भिक्षु एक्कासि चिच्याए, तिम्रो सारा दुःखको कारण यही पोको हो । यो पोको आफूबाट टाढिँदा तिम्रो कुन हालत भएको थियो, जब तिम्रो हातमा यो आयो, यति धेरै खुसी देखियौ कि सायद योभन्दा खुसीको क्षण तिम्रो जीवनमा आएकै थिएन । तिमी कुन खुसी खोज्न यहाँ आएका थियौ त्यो सबै बिर्सियौ । दुःखको कारण र सुखको उपाय दुवैको सङ्केत मैले गरिसकेको छु । अब तिमी यहाँबाट जान सक्छौ । उपाय जानिसकेका छौ,  निर्णय तिम्रो हातमा छ, जुन ठीक लाग्छ त्यही गर । 

प्रकाशित: १८ भाद्र २०७७ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App