२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मायाको कुनै वजन हुन्न न त जोख्ने साधन हुन्छ

गीत

 डिआर 

फक्रिएको रूप तिम्रो जवानीले धपक्क फुलेछ

तरङ्ग चल्यो स्पर्शले यो मनले त्यो मन छोएछ

 

मायाको कुनै वजन हुन्न न त जोख्ने साधन हुन्छ

आकार पनि त केही हुन्न दिलमा राख्ने ठाउँ हुन्छ

त्यसैले प्रिय तिम्रो मुस्कानमा मोहनी मन्तर रहेछ

तरङ्ग चल्यो स्पर्शले यो मनले त्यो मन रोजेछ।

 

मायाको कुनै सीमा हुन्न जति लायो उस्तै हुन्छ

मुटुले मुटु त्यसै छुन्न धड्कन जब एकै बन्छ

त्यसैले प्रिय तिम्रो  नजरमा बैंसालु मात छाएछ

तरङ्ग चल्यो स्पर्शले यो मनले त्यो मन रोजेछ ।

प्रकाशित: १६ भाद्र २०७७ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App